१० कार्तिक २०८१, शनिबार | October 26, 2024

सुरक्षण मुद्रण प्रकरण : विकल पौडेलसहित ६ जनाविरूद्ध ४० करोडको भ्रष्टाचार मुद्दा



काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जनाविरूद्भ भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सिडिई नवीनकुमार पोखरेलसहितका व्यक्तिविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

मुद्दा दायर गरिएका अन्यमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्कबहादुर थापा, शाखा अधिकृत हरिवल्लभ घिमिरे र म्याक्स इन्टरनेशनल तथा उक्त कम्पनीका सिइओ अकबर हुसेन छन्।

उनीहरूसँग जनहीँ ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँ बिगो, जरिवाना तथा सजाय माग गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए।

सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानुन मिचेर केही व्यक्ति विशेष वा कम्पनीसँग मिल्ने गरी सुरक्षण प्रेसको सफ्टवेयर तथा उपकरण खरिद गरेको निष्कर्षसहित उनीहरूलाई भ्रष्टाचार मुद्दा दायर गरिएको घिमिरेले बताए।

उक्त प्रकरणमा पौडेलसहितका व्यक्तिहरूले मिलेमतोमा कानुन विपरीत कार्य गरी सरकारको सम्पत्ति हानी-नोक्सानी पुर्‍याएको अख्तियारको दाबी छ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ४ : ०३ बजे

दीपावली र छठ पर्वका लागि घर लिपपोत गरिँदै

महोत्तरी । दीपावली र छठ पर्वअघि मधेसमा घर रङरोगन गर्ने

कोप-२९ लाई अर्थपूर्ण बनाउन आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै

काठमाडौं । आज वन तथा वातावरण मन्त्रालयको आयोजनामा ‘राष्ट्रिय जलवायु

कोप-२९ मा नेपाल : जलवायु वित्तमा सहज पहुँच पुर्याउन ‘लभिङ’को तयारी

काठमाडौं । आगामी नोभेम्बर ११ देखि २२ तारिख (यही कात्तिक

तुलसीपुरमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, पाँचजना घाइते

दाङ । सल्यानको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा १ ज ८२२

रोटरी चौतारीको नियमित बैठकमा मानव सेवामा आश्रितलाई भोजन

बुटवल । मानव सेवा आश्रममा आश्रय लिएकाहरुलाई खाना खुवाएर रोटरी