३१ भदौ २०८१, सोमबार | September 16, 2024

प्रशारण लाइन निर्माणमा मुख्यमन्त्री कँडेलको चासो



सुर्खेत । कोहलपुर-सुर्खेत १३२ केभी विद्युत्को निर्माणधीन प्रशारण लाइनमा निर्माणमा देखिएका समस्याबारे कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आयोजना प्रमुख लगायतसँग छलफल गरेका छन । आज भएको छलफलमा मुख्यमन्त्री कँडेलले प्रसारण लाइन निर्माणमा देखिएका समस्या र समाधानका लागि भइरहेका पहलबारे चासो व्यक्त गरेका थिए ।

छलफलमा आयोजना प्रमुख रविकुमार चौधरीले सुर्खेतको सुब्बाकुना, बाँकेको गाभर र निकुन्ज क्षेत्रभित्र भएका समस्यबारे मुख्यमन्त्री कँडेललाई जानकारी गराएका थिए । सङ्घ सरकारको मताहातमा रहेको सो प्रसारण लाइन निर्माणमा देखिएका समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेत र जिल्ला प्रशासन कार्यालय बाँकेसँग समन्वय आवश्यक रहेको प्रमुख चौधरीको भनाइ थियो ।

अहिले ३२ केभी प्रशारण लाइनको पुरानो लाइनबाट कर्णालीमा विद्युत् सेवा सञ्चालनमा भइरहेको छ । पटक-पटक म्याद थपेर सो प्रसारण लाइनको काम भइरहेको छ । निकुन्जभित्र रुख कटानदेखि कटान गरिएका रुख बराबरको जमिन निकुन्जलाई उपलब्ध गराउने सम्मका काम भइरहेका छन् । ३२ केभी प्रसारण लाइनलाई विस्थापित गरी कर्णालीमा भरपर्दो विद्युत् सेवा दिन कोहलपुर-सुर्खेतमा सुरु गरिएको प्रसारण लाइनको निर्माण अझै ढिलो भएपछि मुख्यमन्त्रीले चासो देखाएका हुन ।

प्रसारण लाइन निर्माणको जिम्मा लिएको भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टले २०७६ असार २२ गते ठेक्का लिई काम सुरु गरेको थियो । तर लामो समयसम्म प्रसारण लाइनको काम पूरा नगर्दा कर्णालीमा विद्युत्को समस्या हुँदै आएको छ । सम्झौता भएको मितिले दुई वर्षभित्र निर्माण कम्पनीले विद्युत् प्रसारण लाइनको डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्टको खरिदलगायत सम्पूर्ण काम गरिसक्नुपर्ने भए पनि अझै काम सम्पन्न हुनसकेको छैन ।

कम्पनीले विभिन्न कारण देखाउँदै २०७८ भदौदेखि काम सुरु गरेकाले ढिला भएको हो । निर्माण कम्पनीले कतै पनि अवरोध नभए आगामी दसैँसम्म काम पूरा हुने बताएको छ । प्रसारण लाइन निर्माणका लागि ६३ बिघा जमिन खरिद गरेर बर्दिया राष्ट्रिय निकुञ्जलाई दिइसकेकाले अब सो क्षेत्रमा पर्ने १३ हजार रुख कटान हुने आयोजनाले जनाएको छ । त्यसमध्ये सुर्खेतमा छ हजार आठ सय ८०, बर्दियामा तीन हजार तीन सय २०, बाँकेमा दुई हजार नौ सय १९ वटा रुख कटान गर्नुपर्ने छ ।

आयोजनाको ईआईए प्रतिवेदनमा ७० दशमलव ५४६ प्रतिशत क्षेत्रफल वनको, १५ दशमलव १३५ खेतीयोग्य जमिन, दुई दशमलव २६५ बाँझो जमिन र ११ दशमलव ०६५ अन्य भाग रहेको छ । आयोजना निर्माणका लागि एङ्गल टावर २६ वटा रहनेछन् भने आयोजनामा कूल टावरको सङ्ख्या एक सय ४५ वटा रहनेछन् । आयोजना निर्माणका लागि रु एक अर्बभन्दा बढीलागत अनुमान गरिएको छ ।

सुर्खेत वीरेन्द्रनगरको धुलियाविट सबस्टेशन निर्माणको काम पनि चलिरहेको छ भने २५ किलोमिटरभन्दा बढी तार तान्ने काम पनि सकिएको आयोजना प्रमुख चौधरीले बताए । सो प्रसारण लाइन बिस्तारको काम पूरा भएपछि कर्णालीमा विद्युत् आपूर्तिमा भइरहेको ८० प्रतिशत समस्या समाधान हुने बताइएको छ ।

भेरी करिडोरभित्र निर्माण हुन लागेका विभिन्न आयोजनाबाट उत्पादन भएका विद्युत्समेत यहीबाटै मुख्य लाइनमा जडान हुनेछन् । नलगाड जलविद्युत् आयोजना चारसय १७, जगदुल्ला जलविद्युत् आयोजना एक सय छ, ताक्सुगाड जलविद्युत् आयोजना सात मेगावाटलगायत आयोजनाबाट उत्पादन भएको प्रसारण लाइनमा जोडिने छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ३ : ५८ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित