३१ भदौ २०८१, सोमबार | September 17, 2024

भरतपुरमा अज्ञात समूहले स्कुल बसमा आगजनी



चितवन ।  चितवनको भरतपुरमा विद्यार्थी लिन गएको स्माल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेका छन् ।

विद्यार्थी लिन गएको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बसमा ६ जनाको समूहले आगजनी गरेर भागेको विद्यालयले जानकारी दिएको हो ।

आगलागीबाट बस पूर्ण रुपमा जलेको छ । तीनवटा मोटरसाइकलमा आएका ६ जनाको समूहले बसमा पेट्रोल छर्किएर आगो लगाएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

बस जलाउने व्यक्तिहरूले बसका सहचालकको मोवाइलसमेत लुटेर लगेको सहचालकले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  १२ : ०७ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित