२० चैत्र २०८१, बुधबार | April 2, 2025

चीन सधैँ नेपालको समृद्धि, शान्ति र राजनीतिक स्थिरताको पक्षमा – देव गुरुङ



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले हालै गरेको चीन भ्रमणबाट दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन सफल भएको बताए ।

चीनको दश दिने भ्रमण सकेर हालै स्वदेश फिर्ता भएका महासचिव गुरुङले आज यहाँ संवाद डबलीद्वारा आयोजित अन्तरसंवाद कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निम्तामा गरेको भ्रमणमा चीन नेपालको शान्ति, समृद्धि र राजनीतिक स्थायित्वका लागि सधैं तत्पर रहेको उल्लेख गरे ।

“चिनियाँ उच्च अधिकारीसँगको भेटले हामी उत्साहित छौँ, चीन सधैँ नेपालको समृद्धि, शान्ति र राजनीतिक स्थिरताका लागि सहयोग गर्न तयार छ”, उनले भने– “चीनले नेपालमा स्थिर सरकार हेर्न चाहेको छ । कम्युनिस्ट पार्टीहरुबीच सहकार्य होस् भन्ने चाहना राखेको छ ।”

महासचिव गुरुङ नेतृत्वको ३० सदस्यीय टोलीले चीनमा रहँदा चिनियाँ कम्युनिस्ट पार्टी र सरकारका उच्च अधिकारीसँग भेटवार्ता गरेको थियो । भ्रमणले चिनियाँ कम्युनिस्ट पार्टी र माओवादी केन्द्रबीचको सम्बन्धलाई जनस्तरसम्म पु¥याउन सहयोग पुग्ने महासचिव गुरुङको विश्वास छ ।

फरक प्रसङ्गमा महासचिव गुरुङले वर्तमान सरकार संसद्को पुरै कार्यकालसम्म टिक्ने बताए । “संसद्को बाँकी समयसम्म यही समिकरण जान्छ”, उनले भने । नेपालको निर्वाचन प्रणालीका कारण एउटा दलले बहुमत प्राप्त गर्न नसक्ने अवस्थाले सत्ता समिकरण परिवर्तन भइरहने अवस्था सिर्जना भएको उनको भनाइ थियो ।

महासचिव गुरुङले भर्खरै भएको तेस्रो लगानी सम्मेलन सफल भएको बताए । देश विकासका लागि मुख्य कुरा आन्तरिक पुँजी भए पनि बाह्य पुँजी भित्र्याएर अगाडि बढ्नुपर्ने उनको सुझाव थियो ।

“देश विकासका लागि आन्तरिक पुँजी मुख्य कुरा हो । तर हाम्रो आवश्यकता र प्राथमिकताका आधारमा बाह्य पुँजी भित्र्याएर रोजगारी सिर्जनासँगै देशलाई समृद्ध बनाउन सकिन्छ । त्यही अनुसार सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गरेको हो”, महासचिव गुरुङले भने ।

कार्यक्रममा भ्रमण टोलीका सदस्य एवं माओवादी केन्द्रका नेता डा दीपेन्द्र रोकायाले नेपालको विकासका लागि चीनबाट शिक्षा लिन सकिने बताए । भ्रमणको अनुभव सुनाउँदै उनले चीनले जस्तै तीब्र गतिमा विकास गरी नेपाललाई पनि समृद्ध बनाउन सकिने सम्भावना रहेको बताए । औद्योगिकरुपमा सम्पूर्ण देशलाई अगाडि बढाउन नसक्दासम्म देश अगाडि नबढ्ने उनले बताए ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ३ : ५१ बजे

शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रीत आन्दोलन गर्ने

काठमाडौं । नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने

चैते दसैँमा कालिका मन्दिरमा पर्यटक बढे

बागलुङ । चैते दसैँ सुरु भएसँगै यहाँस्थित कालिका मन्दिरमा धार्मिक

ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन

भारत सरकारको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य र

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबीच भेटवार्ता हुँदै

बैङ्कक । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली