२८ मंसिर २०८२, आइतबार | December 14, 2025

जापानी दुई सैनिक हेलिकप्टर दुर्घटनामा, एकको मृत्यु सात बेपत्ता



काठमाडौं । प्रशिक्षणका क्रममा दुई जापानी सैनिक हेलिकप्टर दुर्घटनामा परेका छन् । जसमा अहिलेसम्म एक जनाको शव फेला परेको छ भने अन्य सात जना बेपत्ता रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । यद्यपी दुबै हेलिकप्टर दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । बेपत्ता भएका सात जनाको खोजी भइरहेको छ ।

राति प्रशान्त महासागरको इजु टापुमा दुई जापानी हेलिकप्टरले पनडुब्बी विरोधी युद्ध अभ्यास गरिरहेका थिए । टोरिशिमा टापु नजिकै एउटा हेलिकप्टर सम्पर्क टुटेको थियो, केही क्षणपछि विमानबाट आकस्मिक संकेत प्राप्त भएको थियो । त्यसको २५ मिनेटपछि सोही क्षेत्रमा रहेको अर्को विमानको तालिमसँगको सम्पर्क पनि टुट्यो । जापान सेल्फ डिफेन्स फोर्स (एसडीएफ) का एक प्रवक्ताले शघटनाको पुष्टि गर्दै एक व्यक्तिलाई उद्धार गरिएको तर मृत्यु भएको बताएका छन् ।

जापानका रक्षामन्त्री मिनोरु किहाराले विमानका केही भाग समुद्रमा देखिएको बताएका छन् । जसका कारण दुवै दुर्घटनामा परेको अनुमान गरिएको छ । समुद्री आत्मरक्षा बलले वरपरको पानीमा अन्य कुनै विमान वा जहाज नभएकोले घटनामा अन्य कोहिको संलग्नता नभएको बताएको छ ।

गत वर्ष अप्रिलमा दक्षिणी ओकिनावाको मियाको टापुमा सेनाको हेलिकप्टर दुर्घटनामा परेको थियो । जहाजमा दुई पाइलट, दुई मेकानिक र एक आर्मी जनरल र अन्य गरी १० जना सवार थिए । तिनीहरू सबैको मृत्यु भएको थियो ।

त्यस्तै जनवरी २०२२ मा पनि मध्य इशिकावामा एउटा लडाकु विमान पानीमा खसेको थियो । त्यसमा बसेका दुई पाइलटको मृत्यु भएको थियो । यति मात्र होइन, २०१९ मा उत्तरपूर्वी जापानबाट तालिमका लागि उडेको स्टेल्थ जेट समुद्रमा खसेको थियो ।

गत वर्ष नोभेम्बरमा अमेरिकी सेनाको ओस्प्रे सैन्य विमान जापान नजिकै दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै आठ जनाको मृत्यु भएको थियो ।

यतिबेला जापानले आफ्नो देशको सुरक्षामा विशेष ध्यान दिइरहेको छ । अमेरिकाले एसियाका धेरै देशसँगको सम्बन्ध सुधार्न निरन्तर लागिरहेको छ । पछिलो समय चीनको आक्रमकता र उत्तर कोरियाका कारण जापानले आफ्नो सुरक्षा प्रणालीमा खर्च बढाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  १२ : ५२ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%