४ बैशाख २०८२, बिहिबार | April 17, 2025

हावाहुरीले केराखेतीमा क्षति



नवलपरासी । मङ्गलबार मध्यरातमा पानीसँगै आएको हावाहुरीले यहाँको केराखेतीमा लाखौँको क्षति पुर्‍याएको छ ।

हावाहुरीको कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा रु ७० लाख भन्दा बढीको केराखेतीमा क्षति पुगेको हो । मङ्गलबार राति आएको हावाहुरीले यहाँको ३० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको केराखेतीमा क्षति पुर्‍याएको कावासोती नगरपालिका उपप्रमुख प्रेम शङ्कर मर्दनियाले जानकारी दिए ।

कावासोतीको वडा नम्बर २, ३ र १६ मा गरी रु ७० लाखभन्दा बढीको क्षति भएको मर्दनियाको भनाइ छ । आगामी दशैँका लागि लक्षित गर्दै किसानले केरा उत्पादनको तयारी गरेको तीनवटै वडामा लगाइएको खेराखेतीमा पूर्ण क्षति पुगेको उनले बताए ।

हावाहुरीले केराखेतीमा पुर्‍याएको क्षतिको बारेमा स्थलगत अध्ययन गरी यकिन तथ्याङ्क लिने काम भइरहेको समेत उनले जानकारी दिए । नगरपालिकामा केरा किसानहरुले दिएको क्षतिको प्रारम्भिक तथ्याङ्कअनुसार रु ७० लाखभन्दा बढीको क्षति भएको हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ । हावाहुरीका कारण किसानले लगाएको केराको बोट भाँच्चिएको तथा जराबाटै पल्टिएको जनाइएको छ ।

यस क्षेत्रका किसानले ६०० बिघाभन्दा बढी क्षेत्रफलमा व्यावसायिकरुपमा केराखेती गर्दै आएका छन् । पछिल्लो समय नेपाली केराले बजार नपाउने, उचित मूल्य नपाउने, हावाहुरीलगायतका प्राकृतिक कारणबाट नोक्सानी व्यहोर्न बाध्य हुँदा किसान केराखेतीबाट पलायन हुने क्रम बढ्दो छ । रासस

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ११ : ४२ बजे

उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा

काठमाडौँ । कर्णालीसहित देशका विभिन्न भूभागका जैविक उत्पादन यहाँ उपलब्ध

एक करोड १५ लाख लिटर दूध प्रशोधन

भरतपुर । चितवन मिल्कले एक वर्षमा एक करोड १५ लाख

बिस्काःसगुन जात्रा सम्पन्न

भादगाउँ । बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं

धौलागिरिमा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु

म्याग्दी । धौलागिरि गाउँपालिकामा तीन वटा लामा झोलुङ्गे पुल निर्माण

देशमा आज स्थानीय, पश्चिमी र न्यूनचापीय वायुको प्रभाव

काठमाडौं । हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहनका