३ आश्विन २०८१, बिहिबार | September 19, 2024

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन



पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु एक खर्बभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा कार्यालयले रु एक खर्ब १४ अर्ब १६ करोड राजस्व सङ्कलन गर्न सफल भएको हो ।

चालु आवको नौ महिनाका लागि भन्सार विभागले रु एक खर्ब ८१ अर्ब ९९ करोडको लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले लक्ष्यभन्दा रु ६७ अर्ब ८२ करोड कम राजस्व सङ्कलन गरेको छ । विश्व आर्थिक मन्दीको प्रभावले राजस्वको लक्ष्य हासिल गर्न नसकिएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए । उनले सवारी साधन तथा इन्धनको आयातमा आएको कमीले राजस्व सङ्कलनलाई प्रभावित गरेकोे बताए ।

गत आवको तुलनामा चालु आवभित्र कारोबारमा केही सुधार देखिए पनि कोरोनाकाल अगाडिको अवस्थामा फर्किन नसकेको अधिकृत सुवेदीले जानकारी दिए । उनले गत आवको नौ महिनाका लागि विभागले दिएको लक्ष्याको तुलनामा ६० प्रतिशत मात्र राजस्व सङ्कलन भएको बताए ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  १ : १० बजे

मौलिक हकको अक्षरश : कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानमा उल्लेखित मौलिक हकसम्बन्धी सम्पूर्ण

च्याम्पियन्स लिगमा पिएसजीको विजयी शुरुवात

काठमाडौं । युइएफए च्याम्पियन्स लिगमा पिएसजीले विजयी शुरुवात गरेको छ ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा

काठमाडौं । आश्विन शुक्ल पूर्णिमाको अवसरमा ‘येंया पुन्हिया मेय् प्वाः

यस्तो छ आजको मौसम

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र