२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

कोरोना त्रासले रोकेन पुल बनाउने काम, सडक डिभिजन बुटवलले बनायो २५ वटा पुल, १२ वटा रुपन्देहीमा मात्रै



बुटवल । कोरोना महामारीका कारण विकास निर्माणका धेरैजसो काम ठप्प भएका छन् । तर, सडक डिभिजन कार्यालय बुटवलले भने कोरोना कहरकै बीच प्रदेश ५ र गण्डकी प्रदेशका विभिन्न जिल्लामा २५ वटा पक्की पुल निर्माण सम्पन्न गरेको छ ।

पुल बनाउने काम सम्पन्न हुने अवस्थाकै बेला कोरोना महामारी फैलिए पनि सडक डिभिजनले कामलाई निरन्तरता दिँदै निर्माण कार्य सम्पन्न गरेको हो ।

यसबीचमा २५ वटा पक्की मोटरेवल पुल बनेका छन् । जसमध्ये १२ वटा पक्की पुल त रुपन्देहीमा मात्र सम्पन्न भएको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।

विगतका वर्षमा क्रमागत योजानको रुपमा सुरुवात भएका र नयाँ निर्माण सुरु भएका गरी कुल २५ वटा मोटरेवल पुल निर्माण यहि आर्थिक बर्षमा सम्पन्न भएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीले बताएका छन् ।

डिभिजन सडक कार्यालय बुटवलका अनुसार भलुही पुल निर्माण देवदह नगरपालिका वडा नं। १० बाघकुमार सामुदायिक वन रुपन्देहीमा पुल निर्माणको काम सकिएको छ ।

यस्तै, रुपन्देहीकै सैनामैना ९ देवपुरको उङरीडा पुल निर्माण पनि सकिएको छ । देवीनगर– हात्तीसुढ, देवीनगर–बुद्धनगर जोड्ने सडकको पुल, नयाँगाउ–दुर्गानगर सडकको दानव नदी पुल निर्माण पनि यही बीचमा सम्पन्न भएको छ ।

यसैगरी, देवदह नगरपालिका र तिलोत्तमा भाटा मक्रहर सडकको रोहिणी नदी पुल निर्माण पनि सम्पन्न भएका छन् ।

यस्तै रुपन्देही कै सिसापुर भवानीपुर सडक गौरी खोला पुल, भलुही मदरहानी सैनिक सडकको रोहिणी नदी पुल, सैनामैना ११ पाल्पा सडकको इन्गुरिया नदी पुल पनि पुरा भएको छ । गजेडडी रुद्रपुर सडकको कन्चन नदी पुल, सालझण्डीको कन्चन नदी पुल, हाटि वनगार्इ ७ मर्चवार लुम्बिनी सडकको विश्वकर्मा मन्दिर जोड्ने सडकको घाघ्ररा खोला पुल रुपन्देही यसै बर्ष निर्माण सम्पन्न भएको सडक डिभिजन कार्यालयले बुटवलले जनाएको छ ।

यसैगरी नवलपरासी जिल्लाको सनई गाविस ८ को कुन्डा खोला पुल निर्माण सम्पन्न भएको छ भने ठुलो खरटवाको खजुरा खोला पुल निर्माण पुरा भएको छ ।

यस्तै, सडक डिभिजन बुटवल अन्तर्गत बेनीमणिपुर गाविसको सिलौट घाटको विनयी खोला पुल, धुकोट गाविसको खकरा पुल, कावासोती ७ र १३ जोड्ने टेग्रीं खोला पुल पनि यसै बर्ष सम्पन्न भएका हुन ।

कावासोती ७ भेडीठिसको छोछडी खोला पुल, देवचुली–९ र कावासोती–१ जोड्ने लोकाहा खोला पुल, विजयपुर बर्दघाट नगरपालिका वडा नं। ११को भुताहा खोला पुल पनि यसै वर्ष निर्माण सम्पन्न भएका छन् ।

यातयात सञ्चालन भएका थप पुलहरुमा तिनाउ नदी पुल निर्माण बुटवल पुरानो बजार र नयाँ बजार जोड्ने सडक रुपन्देहीको पुल पनि पुरा भएको छ ।

यस्तै, टुटहवा नदी पुल निर्माण गूठी पर्सौनी सडक नवलपरासी, झरही पुल महेशपुर चिसापानी खजुरा खोला पुल निर्माण, सोनवर्षा अठिलही सडक, नवलपरासी, धनेवा खोला पुल, रामपुर खडौना ७ ठूलो खैरटहवा सडक, नवलपरासी, केरुङ्गे खोला पुल, कावासोती नगरपालिका वडा नं ४ र ५, नवलपरासी रहेका छन् ।

कोरोना महामारीका बीच समेत पुल निर्माणलाई तीब्रता दिएको कार्यालयले अत्यावश्यक रहेका पुल निर्माण सकेको डिभिजन प्रमुख मरासीनीको भनाइ छ ।

उनले निर्माण सकिएका पुल पुलमध्ये १२ वटा रुपन्देहीका र अन्य १३ वटा पूर्वी र पश्चिम नवलपरासीमा निर्माण भएको सडकमा बनेका हुन् । प्रत्येक पुलको लागत ६ करोडदेखि १२ करोडसम्म रहेको छ ।

सडक डिभिजनको प्रदेश संरचना अन्तर्गत कार्य बिभाजन नभएका कारण बुटवल नारायणगढ खण्डको गण्डकी प्रदेशको कावासोती पुर्व नवलपरासीको क्षेत्र बुटवलबाट हेर्ने गरिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ८ : ५५ बजे

नेपाल प्रहरीले भन्यो – ‘दुर्गा प्रसाईं पक्राउ परेका छैनन्’

काठमाडौँ । राजावादीहरुको हिँसात्मक तीनकुने घटनापछि फरार भएका मेडिकल ब्यवसायी

शिक्षा मन्त्रालय र शिक्षक महासङ्घबीच पहिलो छलफल सम्पन्न

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र आन्दोलनरत नेपाल

दुर्गा प्रसाई भारतको आसाम राज्यबाट पक्राउ, प्रसाईको सचिवालयले भन्यो आफै आत्मसमर्पण

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाई भारतबाट पक्राउ परेका छन्

‘संविधान कार्यान्वयनको अवस्थाबारे समीक्षा गरौँ’

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनको अवस्थाबारे

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धको मृत्यु

अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको