४ बैशाख २०८२, बिहिबार | April 17, 2025

नेपालीको निःशुल्क उद्धार प्रक्रिया सुरु



काठमाडौं । सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका र घर फर्कन टिकट काट्न नसक्ने नेपालीको निःशुल्क उद्धार प्रक्रिया थालेको छ ।

वैदेशिक रोजगार बोर्डको सचिवालयले निःशुल्क उद्धार निर्देशिका अनुसार श्रम स्वीकृति लिएर विदेश गएर अलपत्र परेका नागरिकको उद्धारका वैदेशिक रोजगार कल्याणकारी कोषको ७५ करोड रुपियाँ रकम छुट्याइएको छ ।

बोर्डका सूचना अधिकारी दीनवन्धु सुवेदीले निर्देशिकाअनुसार बजेट छुट्याइएको र परराष्ट्र मन्त्रालयमार्फत दूतावासले पठाउने विवरणका आधार बोर्डले कोषको रकम दूतावासमा निकासा गरिने जानकारी दिए ।

विदेशमा रहेका नेपाली दूतावासले कोरोनाका कारण समस्यामा परेका नेपाली श्रमिकलाई यथार्थ विवरणसहित आवेदन लिन सुरु गरेकाले अर्को सातादेखि रकम माग आउने पनि उनले जानकारी दिए ।

वैदेशिक रोजगार कल्याणकारी कोषको रकममार्फत नेपाली श्रमिक स्वदेश फर्काउन सरकारले जारी गरेको निर्देशिकाको मापदण्डभित्र रहेका श्रमिकलाई आवेदन दिन दूतावासहरूले आग्रह गरेका छन् ।

कोरोना महामारीका कारण विदेशमा रोजगारी गुमाएका र घर फर्कन टिकट काट्न नसक्ने अवस्थामा रहेकाको वैदेशिक रोजगार कल्याणकारी कोषको रकममार्फत उद्धार गर्ने निर्णयअनुसार सरकारले तोकेको मापदण्डमा पर्ने श्रमिकको उद्धारका लागि दूतावासले सूचना जारी गर्न थालेका छन् । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ७ : ०७ बजे

उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा

काठमाडौँ । कर्णालीसहित देशका विभिन्न भूभागका जैविक उत्पादन यहाँ उपलब्ध

एक करोड १५ लाख लिटर दूध प्रशोधन

भरतपुर । चितवन मिल्कले एक वर्षमा एक करोड १५ लाख

बिस्काःसगुन जात्रा सम्पन्न

भादगाउँ । बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं

धौलागिरिमा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु

म्याग्दी । धौलागिरि गाउँपालिकामा तीन वटा लामा झोलुङ्गे पुल निर्माण

देशमा आज स्थानीय, पश्चिमी र न्यूनचापीय वायुको प्रभाव

काठमाडौं । हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहनका