२५ चैत्र २०८१, सोमबार | April 7, 2025

एफएनसीसीआई निर्वाचनको मोडालिटी बनाउन समिति गठन, विद्युतीय मतदानको तयारी गरिँदै



काठमाडौं। विभिन्न दाउपेच र बहाना गर्दै पटक पटक स्थगित भएको नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो वर्षिक साधारणसभा र नयाँ कार्यकालका लागि निर्वाचनको मोडालिटी तय गर्न समिति गठन गरेको छ ।

बुधबार भएको कार्यसमिति बैठकले ६ सदस्यीय समिति बनाउने निर्णय गरेको हो।

कोरोना संक्रमणका कारण देखाउँदै महासंघको साधारणसभा पटकपटक स्थगित हुँदै आएको छ।

१५ दिनभित्र साधारणसभा र चुनाबको मोडालिटी तयार पारेर कार्यसमितिमा प्रस्तुत गर्ने गरि कार्यकारिणी सदस्यहरु अरुण सुमार्गी, बिनोद ढकाल, रञ्जित आचार्य, भरत आचार्य, डीबी बस्नेत र सुनिलगोपाल श्रेष्ठ रहेको समिति गठन गरिएको महासंघले जनाएको छ ।

समितिले सिफारिस गरेको मोडालिटीलाई कार्य समितिबाट पारित गरेर साधारण सभा सञ्चालनको स्वीकृतीका लागि सरकारसँग अनुमति माग्ने निर्णय भएको बैठकमा सहभागि एफएनसीसीआईका सदस्यले बताए ।

एफएनसिसिआईमा एक पक्ष निर्वाचनलाई टार्ने र पछि धकेल्ने पक्षमा देखिएको छ भने अर्को पक्ष यथासिघ्र निर्वाचन गराएर नयाँ नेतृत्व चयन गर्नु पक्षमा उभिएको छ ।

महासंघको अनिश्चित निर्वाचनका लागि चन्द्र ढकाल र किशोर प्रधानले वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गर्दै चुनावी लबिङ सुरु गरिसकेका छन् ।

कोरोना संक्रमण रहिरहने अवस्था देखिएपछि साधारणसभामा कम सहभागिता गराउने र चुनाब समेत विद्युतीय मतदानमा जाने विषयमा कार्यसमितिमा छलफल भएको महासंघ स्रोतले बताएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ६ : १७ बजे

तिलोत्तमाको गुट्खाजन्य पदार्थ बिक्रीवितरणमा रोकको घोषणा घोषणामै सीमित

तिलोत्तमा । विसं २०७९ चैत १ गतेदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले

प्रधानमन्त्रीद्वारा पत्रकार भैरव रिसालको निधनमा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रज पत्रकार भैरव रिसालको निधन

रवि लामिछानेलाई भैरहवा जेलको ब्लक नम्बर ४

भैरहवा । रवि लामिछाने अन्ततः कारागार चलान भएका छन् ।

रास्वपाका सभापति रवि लामिछाने भैरहवा कारागार चलान

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई

होटल पौवामा स्वाद उत्सव तथा सम्मान कार्यक्रम

बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ