२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

सुजन बाग श्रेष्ठले दोस्रो पटक छेडे जिब्रो



काठमाडौं । सुजन बाग श्रेष्ठले दोस्रो पटक जिब्रो छेडेका छन् । बिस्काः जात्राको अवसरमा २८ बर्षिय सुजनले आइतबार जिब्रो छेडेका हुन् । उनले अघिल्लो वर्ष पनि  जिब्रो छेडेका थिए ।

सुजन नौ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आएका स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन् । बुद्धकृष्णले पहिलोपटक २०६२ सालमा जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए । त्यसपछि उनले २०६५ सालसम्म लगातार चार पटक जिब्रो छेडाएका थिए ।

विसं २०६६ मा बुद्धकृष्णले जिब्रो नछेड्ने बताएपछि जात्रालाई निरन्तरता दिन जुजुभाइ बासँ श्रेष्ठले जिब्रो छेडाए । जुजुभाइले २०६५ देखि २०७२ सालसम्म आठ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका थिए । त्यसपछि विसं २०७३ मा जुजुभाइका श्रीमती र भाउजु दुवै बिरामी भएकाले जिब्रो नछेड्ने बताए । त्यसयता पुनः बुद्धकृष्णले २०७९ सम्म जिब्रो छेडाएका थिए ।

जात्राको हालसम्मको प्रमाणअनुसार १२ जनाले १०६ वर्ष जिब्रो छेडाएको इतिहास रहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ४ : २४ बजे

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ६४ हजार ४ सय कायम

काठमाडौँ । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।

विपक्षी दलहरुको साझा निस्कर्ष : ओली सरकार असफल

काठमाडौँ । संसदमा रहेका विपक्षी दलको बैठकले एमाले अध्यक्ष केपी

चितवनमा रगतको अभाव

चितवन । जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण

संसद भवनमा प्रतिपक्षी दलहरुको बैठक, सत्तापक्षका नेता पनि सहभागी

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका

टी-२० को पहिलो खेलमा नेपालद्वारा अमेरिका पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो टी-२० आई खेलमा