२८ चैत्र २०८१, बिहिबार | April 11, 2025

अख्तियारका सुरक्षाकर्मीबाट पत्रकार माथि हमला, अख्तियार अप्रेशनको फोटो खिचेको क्यामरा खोस्ने प्रयास



बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे र महासंघकी केन्द्रीय पार्षद पत्रकार भगवती पाण्डे माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सुरक्षाकर्मीहरुले दुव्र्यवहार गरेका छन् । सैनामैनामा अख्तिायारले गर्दै गरेको एक अप्रेशनको फोटो खिचिरहेका उनीहरुलाई सरक्षाकर्मीले दुब्र्यवहार गरेको उनीहरुले बताएका छन् । सार्वजानिक सडकमा अप्रेशन चलिरहेको अवस्थामा फोटो लिने खोज्दा अख्तियार बुटवलमा कार्यरत प्रहरी निरीक्षकले क्यामरा खोसेर केहिबेर नियन्त्रणमा राखेको पत्रकार भगवती पाण्डेले बताईन् । स्थानीयले बिरोध गरेपछि क्यामेरा फिर्ता गरेको उनले बताईन् ।

पत्रकार द्धयलाई गरिएको दुब्र्यवहारको बिरोध गर्दै बिभिन्न सञ्चार संस्था अवद्ध संघ संस्थाहरुले बिज्ञप्ति प्रकाशित गरेर बिरोध जनाएका छन् ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष पाण्डे र केन्द्रीय सभासद भगवती पाण्डेमाथि आज अख्तियारका कर्मचारीले गरेको दुव्र्यवहारको लुम्बिनी सामूदायिक टेलिभिजनले भर्त्र्सना गरेको छ ।

टेलिभिजनका अध्यक्ष एजाज आलमले सोमबार विज्ञप्ती जारीगरी टेलिभिजनका महासचिव दिनेश पाण्डे र समाचार प्रमुख भगवती पाण्डेमााथि भएको दुव्र्यवहारप्रति घोर भर्त्र्सना गरेका छन् ।

अध्यक्ष एजाज आलमद्वारा जारी विज्ञप्तीमा सार्वजनिक स्थानमा गरिएको खान तलासीको भिडियो तथा तस्वीर लिनेक्रममा राज्यको जिम्मेवार निकायका प्रहरीले पत्रकारहरुमाथि गरेको व्यवहार आपत्तिजनक भएको उल्लेख गरिएको छ ।
समाचारका लागि पत्रकारहरुले फोटा खिच्दा र भिडियो कैद गर्दा क्यामरा र मोवाइल खोस्ने कार्य स्वतन्त्र प्रेसमाथिको ठाडो हमाला भएको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

घटनाको नेपाल प्रगतिशिल पत्रकार संघले पनि भत्र्सना गरेको छ । संघले स्तन्त्र पत्रकारीता माथि हस्तक्षप भन्दै दोषीलाई कारवाहि गर्न माग गरेको छ ।

घटना विवरणअनुसार सोमबार रुपन्देहीको सालझण्डीस्थित राजमार्गमासरकारी गाडी खानतलासी गरिरहेको अवस्थामा पत्रकारद्वयले भिडियो तथा तस्बीर लिइरहेको समयमा अख्तियारमा कार्यरत प्रहरी निरीक्षक रोशन पाण्डेले क्यामरा तथा मोबाइल खोसेर नियन्त्रणमा लिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख डा. भिष्म कुमार भुषालसँग बुझ्न खोज्दा घटनाको बिस्तृत विवरण आईनसकेको र आफुले पनि बुझ्दै गरेको बताए ।

अख्तियारले सोही अप्रेशनबाट बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत र सहायक संरक्षण अधिकृतलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ११ : ०६ बजे

नेपाल प्रहरीले भन्यो – ‘दुर्गा प्रसाईं पक्राउ परेका छैनन्’

काठमाडौँ । राजावादीहरुको हिँसात्मक तीनकुने घटनापछि फरार भएका मेडिकल ब्यवसायी

शिक्षा मन्त्रालय र शिक्षक महासङ्घबीच पहिलो छलफल सम्पन्न

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र आन्दोलनरत नेपाल

दुर्गा प्रसाई भारतको आसाम राज्यबाट पक्राउ, प्रसाईको सचिवालयले भन्यो आफै आत्मसमर्पण

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाई भारतबाट पक्राउ परेका छन्

‘संविधान कार्यान्वयनको अवस्थाबारे समीक्षा गरौँ’

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनको अवस्थाबारे

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धको मृत्यु

अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको