१९ आश्विन २०८१, शनिबार | October 5, 2024

सांसद चौधरीबारे छानबिन भइरहेको सिआइबीद्वारा सभामुखलाई जानकारी



काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले प्रतिनिधिसभा सदस्य विनोद चौधरीबारे बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा छानबिन गरिरहेको सभामुख देवराज घिमिरेलाई पत्र लेखेको छ ।

सिआइबीका प्रहरी उपरीक्षक एवं प्रवक्ता होविन्द्र बोगटीले आज सभामुख घिमिरेलाई जानकारी गराउन पत्र लेखेको जानकारी दिए । काठमाडौँ महानगरपालिका– ३ को कार्यालय र नवराज शर्मा समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी अजितनारायण सिंह थापा भएको बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको १० रोपनी जग्गा प्रकरणबारे सांसद चौधरीसँग पनि अनुसन्धान भइरहेको सभामुखलाई जानकारी गराइएको हो ।

“बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको दश रोपनी जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेर सरकारी जग्गा कीर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लिमिटेडका संस्थापक शेयरधनी तथा तत्कालीन सञ्चालक समितिका सदस्य सङ्घीय संसद्का सदस्य विनोदकुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीका लागि सादर अनुरोध गरिएको छ”, उक्त पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  १० : १४ बजे

नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड

काठमाडौँ । विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र

बाढीपीडित किसानको गुनासो – स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन

सप्तरी । सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले

बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु

काठमाडौँ । अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय

आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाडौं । बडादशैँ एवं नवरात्रको तेस्रो दिन आज दशैँ घर

आजको मौसम : कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । देशको