३१ भदौ २०८१, सोमबार | September 17, 2024

तिलोत्तमा व्यापार संघको कार्यशाला गोष्ठी पाल्पामा सुरु



तिलोत्तमा । तिलोत्तमा व्यापार संघको कार्यशाला गोष्ठी बिहीबारदेखि पाल्पामा सुरु भएको छ । संघको रणनीतिक योजना निर्माण एवं संस्थागत सवलीकरणको लक्ष्यसहित कार्यशाला गोष्ठी सुरु भएको हो । गोष्ठीले आगामी ३ वर्षका लागि लक्ष्य, रणनीति र कार्यक्रम निर्धारण गर्ने छ ।

चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेलले आम व्यवसायीहरुका समस्यालाई पहिचान गरी समाधानको उपाय खोजी गर्ने गरी नेतृत्वदायी भूमिका खेल्न संघलाई सुझाव दिए ।

एमाले रुपन्देहीका सचिव यज्ञ गैरेले तिलोत्तमा व्यापार संघलाई आशालाग्दो, भरलाग्दो संगठन बनाउन सकेमात्र सदस्यता बिस्तार गर्न सकिने सुझाव दिए । उनले व्यावसायिक हक हितको रक्षा गर्दै व्यवसायीहरु संघमा किन आवद्ध हुने भन्ने प्रश्नको जवाफ दिने गरी संघले आफ्ना कार्ययोजना अगाडि बढाउनुपर्ने बताए ।

चेम्बर अफ कमर्शका लुम्बिनी प्रदेश महासचिव एवं संघका संस्थापक अध्यक्ष जेपी कंडेलले संस्थागत हित र व्यवसायीहरुको हक अधिकारको लागि संगठीत रुपमा अगाडि बढ्न व्यवसायीहरुलाई आग्रह गरे । उनले तीन वर्षे कार्यकालभित्र १५ सय सदस्य पुर्याउने, संघमा आवद्ध सदस्यहरुको दुर्घटना बीमा, उद्योगी व्यवसायीका लागि स्वास्थ्य शिविरको सञ्चालन, अस्पतालमा सहुलियत उपचारको प्रवन्ध, नेतृत्व विकास, व्यवसायीमुखी तालिम जस्ता क्रिायकलापहरु अगाडि बढाउन सके व्यवसायीहरुलाई आकर्षित गर्न सकिने बताए ।

कार्यक्रममा संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले उद्योगी र व्यवसायीहरुको क्षमता अभिवृद्धिको लागि निरन्तर क्रियाशील रहँदैे व्यवसायिक क्षमता र दक्षता विकासका लागि अगाडि बढ्ने अठोटका साथ कार्यशाला गोष्ठी आयोजना गरिएको बताए ।

संघका महासचिव चेतनारायण विश्वकर्माले उद्योगी, व्यापारी वर्गमा एकता, मैत्रीपूर्ण, सद्भावनाको वातावरण सिर्जना गर्ने गरी संस्था अगाडि बढ्ने बताए । दुई दिने कार्यशाला गोष्ठीमा चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेलले सहजीकरण गरेका छन् ।

 

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  १ : २७ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित