२३ भदौ २०८१, आइतबार | September 8, 2024

साधन स्रोत र सुरक्षा दरबन्दी बिना बालसुधार गृह संचालनमा, १२ बालबन्दी फरार



नेपालगन्ज । बाँकेको बाल सुधार गृहमा दुई समूह बीच भएको झडप पछि भागेका मध्ये १२ बालबन्दी अझै सम्पर्कविहीन रहेका छन् । पुस १५ गते बालसुधार गृहमा भएको झडप पछि १५ बालबन्दी कारागारबाट भागेकोमा ३ जना सम्पर्कमा आएपनि १२ जना अझै सम्पर्कमा नआएका हुन् ।

सुधार गृहमा विभिन्न जिल्लाबाट १ सय १५ जना राखिएकोमा हाल १ सय ३ जना मात्र बालबन्दी रहेको नौबस्ता बालसुधार गृह प्रमुख श्याम रानाले बताए । उनले १२ जना फरार कै अवस्थामा रहेको बताए । नौबस्तामा बालबन्दी बीच झडप भएपछि सुरक्षा कारणले २१ जनालाई अलग्गै राखिएको उनले जानकारी दिए । बाल सुधार गृह सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ छन् । बाल सुधारगृहको सुरक्षाका लागि नेपाल प्रहरीले प्रहरी नायब निरीक्षकको कमान्डमा २५ जना र सशस्त्र प्रहरीले प्रहरी निरीक्षकको कमान्डमा ३० जना प्रहरीलाई नौबस्तामा राखिएको छ ।

सुधार गृह संचालनमा आएपनि त्यसका लागि आवश्यक सुरक्षाकर्मीको दरबन्दीको व्यवस्थापन नगरिएको प्रहरीले जनाएको छ । दरबन्दी नभएपछि भएकै प्रहरीहरू यताउताबाट तानेर सुधार गृहको सुरक्षाका लागि खटाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी सुन्दर तिवारीले बताए । संघ, संस्थाले भाँडाकुडा, खेलकुद सामाग्री सहयोग गरेको आधारमा सुधारगृहमा अतिरिक्त क्रियाकलप भएपनि शुद्ध खानेपानीको समस्या यथावत रहेको सुधार गृह प्रमुख रानाले बताए । उनले सुधार गृहमा रहेका बालबन्दीलाई कानुनी परामर्श र मनोसामाजिक परामर्श निकै आवश्यक रहेपनि उपलब्ध नभएको बताए ।

गत असोजमा बाँकेको नौबस्तामा निर्माण गरिएको क्षेत्रीय कारागारमा सुधार गृह सञ्चालनमा आएको थियो । बाँकेको डु्डुवा गाउँपालिकामा रहेको जयन्दु बाल सुधार गृहमा असोजको पहिलो साता एक बालकको ज्यान जाने गरी घटना भएपछि हतार हतारमा नौबस्ताको कारागारलाई बाल सुधार गृहकारुपमा संचालनमा ल्याइएको थियो । देशभर रहेका विभिन्न बाल सुधार गृह क्षमता भन्दा बढी र १८ बर्ष नाघिसकेका समेत बन्दीहरु रहँदा हुन सक्ने र भइरहेको विवाद र द्वन्द्वका कारण क्षेत्रीय कारागारको ब्लकमा बाल सुधार गृह सञ्चालनमा ल्याइएको थियो ।

१८ बर्ष नाघेका बालबन्दी सारिए पछि भने डुडुवाको बाल सुधार गृह सामान्य रूपमा चलिरहेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ७ : ११ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर