२५ चैत्र २०८१, सोमबार | April 7, 2025

माझी राष्ट्रिय गीतको लोकार्पण



काठमाडौं । माझी समुदायको महान प्रकृतिक चाड लदि पर्व तथा घाट पुजाको अवसरमा माझी राष्ट्रिय गीतको लोकार्पण गरिएको छ । माझी चलचित्र कर्मी संघले शनिबार काठमाण्डौको चाबहिल स्थित चलचित्र बिकास बोर्डमा आयोजित शुभकामना तथा बृहत साँस्कृतिक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री सुसिला सिर्पाली ठकुरीको प्रमुख आतिथ्यतामा उक्त गीत लोकार्पण गरिएको हो ।

सो राट्रिय गितलाई माझी समुदायका एक बौद्धिक व्यक्तित्व, लेखक तथा चलचित्र निर्देशक, माझी गित, सगिंत र साहित्यका पिता, माझी भाषा र इतिहासका ज्ञाता, सोम कुस्कुमाझीले लेखेका हुन भने माझी किंगले सुपरिचित दर्जनौ माझी तथा नेपाली गितमा स्वर तथा संगित भरिसकेका गायक एंव नायक यमन माझीले संगित गरेका हुन ।

सो गीतमा माझी चलचित्र जगतका पहिलो नायक, गायक तथा माझी चलचित्र कर्मी संघका उपाध्यक्ष विवस कुमार माझीका साथै बाबुराम माझी, विशाल माझी, सोम बहादुर माझी, रोहन माझी, पुरुसोत्तम माझी, महेस माझी, अमृता माझी, रिता माझी, सरिता माझी, अनिसा माझी, यमन माझी लगायतले स्वर दिएका छन । सो गीतलाई लक्षु प्रकास मल्लले एरेन्ज गरेका हुन भने मनोज डंगोलले ध्वनी सम्पादन गरेका हुन ।

उत्त कार्यक्रम जनजाति चलचित्र महासंघकी महासचिव तथा माझी चलचित्र कर्मी संघकी अध्यक्ष होम कुमारी माझी (सिजिका) को अध्यक्षता सम्पन्न भएको हो ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ११ : ४३ बजे

नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण

शिक्षकहरूलाई आफ्नो कर्मथलोमा फर्कने वातावरण बनाउन बुटवल उप-महानगरपालिकाको आह्वान

बुटवल । शिक्षक महासंघद्वार आह्वान गरिएको आन्दोलनका कारण विद्यालयहरूको नतिजा

प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका

मापदण्ड विपरीतका सवारी साधन रोकिने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग

प्रथम उपमेयर महिला फुटबल प्रतियोगिता : राईजिङ स्टार युवा क्लब विजयी

बुटवल । रुपन्देहीमा जारी प्रिती प्रथम उपमेयर कप नकआउट फुटबल