२३ भदौ २०८१, आइतबार | September 8, 2024

गणपति मिष्ठान्न भण्डारको सातौं शाखा बुटवलको योगीकुटीमा



बुटवल । बुटवलमा गणपति मिष्ठान्न भण्डारको ब्रान्ड बनाएको चेन विजनेश कम्पनीका ६ जना सञ्चालकहरुको लगानीमा सातौ शाखा बुटवलको योगीकुटीमा शुभारम्भ हुने भएको छ ।

योगीकुटी शाखाको बुधबार एक कार्यक्रमका बिच बुटवल उपमहानरापलिका प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गर्नेछन् । १ करोड ५० लाख रुपैयाँमा लगानीमा ६ जना व्यवसायीहरु नारायण केसी, मेघराज पन्थ, किरण थापा, डम्बर कुँवर, चुम बहादुर खत्री, माया ज्ञवालीको लगानीमा अहिले बुटवलको ट्राफिकचोक, मिलनचोक र देवीनगर तिलोत्तमाको मणिग्राम र ड्राइभरटोल र त्यस्तै सैनामैनाको मुर्गीयामा शाखा संचालन भएका छन् ।

बुटवलमा आज भन्दा २१ वर्ष पहिला स्थापना भएको गणपति मिष्ठान्न भण्डारको मिठाईमा ब्रान्डको रुपमा स्थापना भएको छ । यि शाखाबाट दैनिक १ सय ५० किलो ६० प्रकारका मिठाई बिक्रि हुदै आएका छन् । जसको मुख्य फैक्ट्री ड्राईभर टोलमा स्थापना गरिएको अध्यक्ष नारायण केसीले जानकारी दिए ।

योगीकुटी शाखामा गणपतिको मिष्ठान्न सहित चिया घर समेत शुभारम्भ हुने छ । योगीकुटीमा किचनमा ७ जना, बाहिर १० जना गरी कुल १७ जना र सबै शाखामा रहेर कुल १ सय २० जना कर्मचारीले रोजगारी पाएका छन् ।

योगीकुटी शाखाको शुभारम्भको अवसरमा ३ दिन १७, १८, १९ गते विशेष छुटको समेत व्यवस्था गरिएको सञ्चालकले जानकारी दिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ६ : ५५ बजे

ठेकेदारको लापर्बाहीले बृहत् हलेसी ‘पम्पिङ’ खानेपानी आयोजना अधुरै

खोटाङ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका चार हजार

इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक

काठमाडौं । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको

कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । गए

झाडा लागेर बाँकेको जानकी गाउँपालिकामा एक जनाको मृत्यु

बाँके । जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ

चेपाङले मनाए छोनाम (न्वागी) पर्व

चितवन । सीमान्तकृत समुदायमा पर्ने चेपाङ समुदायले शनिबार छोनाम (न्वागी)