३१ भदौ २०८१, सोमबार | September 16, 2024

वाफ च्याम्पियनसिप : लेवनानलाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि जोर्डनसँग खेल्ने



काठमाडौं । नेपाल पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा लेवनानलाई २-१ गाेलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेकाे हाे ।

नेपालका लागि सावित्रा भण्डारी र प्रिती राईले एक/एक गोल गरे । खेलको ३८ औँ मिनेटमा आत्मघाती गोलमार्फत् लेबनानले अग्रता बनाएको थियाे । डिबक्स अगाडीबाट डिफेन्डर पूजा रानाले दिएको ब्याक पास सीधै गोलपोष्टमा प्रवेश गरेपछि लेबनानले आत्मघाती गोल उपहार पाएकाे थियाे ।

खेलमा १-० ले पछि परेको अवस्था उल्टाउँदै सावित्राले खेलको ७६ औँ मिनेटमा गोल गर्दै खेललाई १-१ काे बराबरीमा ल्याएकी थिइन् । राेमाञ्चक बनेकाे खेलमा प्रितीले खेलकाे अतिरिक्त समयमा सुन्दर गाेल गर्दै नेपाललाई २-१ जित दिलाइन् ।

नेपालले अतिरिक्त समयमा कर्नर किक पाएको थियो । विमला चौधरीले प्रहार गरेको कर्नर क्लियर भएपछि बक्स बाहिर पुगेको थियो । प्रितीले बक्स बाहिरबाटै प्रहार गरेको बल गोलमा परिणत भयाे ।

अब फाइनलमा नेपालले जोर्डनको सामना गर्ने छ । यसअघि आज नै भएको पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५-० गोलले पराजित गर्दै जोर्डन फाइनलमा प्रवेश गरेको थियाे ।

प्रतियोगिताको फाइनल खेल आगामी बिहीबार हुनेछ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ७ : २७ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित