काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शिष्टाचार भेटवार्ता भएको छ । काठमाडौमा भएको भेटवार्तामा प्रधानमन्त्रीको लुमिबनी प्रदेश सभामा सम्बोधन र लुम्बिनीमा हुन लागेको शिखर सम्मेलनको विषयमा छलफल भएको थियो ।
‘प्रधानमन्त्री ज्युसंग लुम्बिनीमा फागुन २८ र २९ गते हुन लागेको शिखर सम्मेलनको विषयमा छलफल भयो,’ मुख्यमन्त्री चौधरीले भने, ‘सम्मेलनको बिषयमा प्रदेश सरकारले गरेको अहिलेसम्मको तयारी तथा अवस्थाको बारेमा जाननकारी गराएको छु । सो अबसरमा प्रधानमन्त्री लुम्बिनीको स्थायी राजधानी क्षेत्रमा आउने विषयमा समेत छलफल भएको छ ।’
यसबारे उनले थप भने, ‘सम्मानीय प्रधानमन्त्रीज्युले लुम्बिनी प्रदेशको सदनमा बिशेष सम्बोधनको कुरा भएको छ । प्रधानमन्त्रीज्युले फागुन १९ गते लुम्बिनी सदनलाई विशेष सम्बोधन गर्दै हुनुहुन्छ ।’ भेटका अवसरमा मुख्यमन्त्री चौधरीले प्रधानमन्त्रीलाई सदन र प्रदेश सरकारको तर्फबाट विशेष सम्बोधनको आग्रह गरेका थिए ।
प्रदेश सरकार र सदनको आग्रहमा प्रधानमन्त्री प्रचण्डले १९ गते सदनलाई सम्बोधन गर्ने तय भएको हो । लुम्बिनीमा फागुन १८ गते देखि हिउदे अधिबेशन सुरु हुँदै छ ।
प्रतिक्रिया