७ मंसिर २०८१, शुक्रबार | November 22, 2024

सङ्घीयता कर्णालीवासीका लागि वरदान : प्रदेश प्रमुख परियार



कर्णाली । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले सङ्घीयता कर्णालीवासीका लागि वरदान सावित भएको बताएका छन् । ऋति फाउण्डेसनद्वारा आज वीरेन्द्रनगर सुर्खेतको बुलबुले उद्यानमा सञ्चालन गरिएको ‘कर्णाली उत्सवः कुडा कर्नालीका’ पाँचौँ संस्करणको उद्घाटन गर्दै उनले सङ्घीय व्यवस्थाकै कारण यहाँका नागरिकको जीवनस्तर माथि उठेको र यसले विचार र विमर्शको थालनी गरेको उल्लेख गरे ।

उनले संविधानले व्यवस्था गरेका साझा तथा एकल सूचीका अधिकारको भरपुर उपयोगले सङ्घीयता अझ बलियो बन्ने बताए ।

“तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व कायम गरेर अगाडि बढ्नुपर्दछ”, प्रदेश प्रमुख परियारले भने, “त्यो हुनसकेमात्र कर्णालीको जलविद्युत्, पर्यटन, स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारको विकास हुनसक्छ ।” राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा कर्णालीलाई चिनाउन गरिएको उत्सवः कुडा कर्नालीले थालेको बहसले नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा रहेको उनको भनाइ थियो ।

तीन दिनसम्म सञ्चालन हुने उत्सवमा प्रकोप र पुनःनिर्माण, समाज, साहित्य र विकास, लोकतन्त्र र सुशासनका विषयमा छलफल हुनेछ । कर्णालीको रुपान्तरणका लागि चिन्तनका साथै गन्थन, मन्थनबाट कर्णाली केलाइने आयोजक संस्था ऋति फाउण्डेशनले जनाएको छ ।

उद्घाटनसत्रमा आयोजक सहर ‘वीरेन्द्रनगरमा बहसको बहार’ विषयमा मन्तव्य व्यक्त गर्दैै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले विचारको बहसले कर्णालीमा नयाँ सवाल पैदा भएको बताइन् । कुराबाट विचार उत्पन्न भएर विचारले विकासमा टेवा पुग्ने बताउँदै उनले सामाजिक न्यायका हिसाबले पछि परेको कर्णालीका लागि नवीन बहस जरुरी रहेको जनाइन् ।

ऋति फाउण्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमले कर्णालीमा राष्ट्रियस्तरको बहसको आवश्यक रहेको महसुस गरी विसं २०७६ देखि कर्णाली उत्सवको यात्रा निरन्तर चलिरहेको जनाए । उनले भने, “कर्णालीले आफ्नो कुरा आफैँ भन्न र विचारको बहसबाट देशको चिन्तन गर्न थालेको छ । कर्णालीलाई मात्र नभई देशलाई अन्तर्राष्ट्रियस्तरमा चिन्न चिनाउन उत्सव उत्प्रेरक बनेको उनले दाबी गरे ।

उद्घाटन समारोहमा डा सुधा शर्माले विद्धत प्रवचन, इतिहासकार प्रा डा राजाराम सुवेदीको कर्णाली धरोहर र मनोहर, समाजसेवी म्याडी डोयनको ‘अ जर्नी फ्रम जर्जी टु कर्णाली’को विद्धत प्रवचन प्रस्तुत गरिएको थियो । पैकेलोको रूपमा जीवन प्रशिक्षक नरबहादुर कार्कीले आफ्नो जीवनी प्रस्तुत गरे ।

उत्सवको पाँचौँ संस्करणमा १३ सेसन, तीनवटा पैकेलोको प्रस्तुति, तीनवटै विद्धत प्रवचन र हरेक दिन साङ्गीतिक÷साहित्यिक साँझ सञ्चालन हुने मूल आयोजक समितिका संयोजक कमल लम्सालले जानकारी दिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ९ : ५७ बजे

गरिमा विकास बैंकको १८ औं बार्षिकोत्सवको अवसरमा बुटवल शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । गरिमा विकास बैंक लिमिटेडले बुटवल शाखाले वृहत रक्तदान

लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा

काठमाडौं । महात्मागान्धीले कुनैबेला भनेका थिए, “लोकतन्त्रलाई प्रभावकारी बनाउन वास्तवमा

कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय

काठमाडौं । मुलुकको पर्यटन क्षेत्रमा पछिल्लो समय थपिएको नयाँ ‘प्रडक्ट’

नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालमा लगानी गर्ने

एमाले जागरणसभाको र्याली भद्रकालीबाट प्रारम्भ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज काठमाडौंमा हुन