कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको मृत्युक ६ जनाको पहिचान खुलेको छ ।
मृत्यक मध्ये रौतहट औराही ३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिगे नेपाल आर्मीमा कार्यरत अर्जुन कुमार योगि र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमानको सनाखत भइसकेको छ ।
त्यस्तै भिमदत्त नगरपालिका १ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी,भिमदत्त ४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भिमदत्त नगरपालिका १६ कन्चनपुर वर्षीय सन्जु थापाको दुर्घटना स्थलमै मृत्यु भएको छ ।
राती १ बजे महेन्द्रनगर बाट काठमाडौं सुनौलो महाकाली यातायात दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
सुनौलो महाकाली यातायातले संचालन गरेको सु-प-प्र-०२-००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको हो । दुर्घटनाबाट ३० जना घाइते भएको त्यसमध्ये ९ जनाको बुटवल रिफर गरिएको छ । अन्यको सन्जिवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए ।
प्रतिक्रिया