२८ मंसिर २०८२, आइतबार | December 14, 2025

फेरि रातको समयमा भारतबाट भित्रिनेको संख्या बढ्यो, सीमा क्षेत्रका बासिन्दा त्रसित



बारा । रातको समयमा भारतबाट नेपाल भित्रिने क्रम बढेपछि सीमा क्षेत्रका बासिन्दा त्रसित भएका छन् ।

दिउँसोको समयमा नेपाल भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीको उच्च निगरानी रहेका कारण राति नेपाल भित्रिने धेरै हुने गरेका हुन् । भारतबाट नेपाल भित्रिने क्रम नरोकिएपछि बारा जिल्लाका सीमा क्षेत्रका बासिन्दा त्रसित भएका कलैया उपमहानगरपालिका-१० मटिअर्वा टोलका रामायाण पडितले बताए ।

यसरी भारतबाट आउनेहरु बारा जिल्लाको पूर्वमा सिम्रौनगढ, पचरौता नगरपालिका, सुर्वण, फेटा र बिश्रामपुर गाउँपालिकाको दक्षिणी भागमा पर्ने खुला सीमाबाट नेपाल प्रवेश गर्छन् । दिउँसो कम देखिए पनि राति धेरै सङ्ख्यामा ओहोरदोहोर गर्ने गरेको सिम्रौनगढ नगरपालिकाका जयप्रसाद कुशवाहाले जानकारी दिए ।

भारतीय नागरिक लुकिछिपी बारा, पर्सामा आउने, चुपचाप बस्ने र उद्योग कारखानामा काम गर्ने बताइएको छ । यो क्रम बढ्दै गएपछि अहिले पथलैया-वीरगञ्ज औद्योगिक कोरिडोर कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए ।

अवैधरूपमा भारतबाट नेपाल कामदार भित्र्याउने काममा उद्योगी व्यवसायी पनि लागेको स्थानीय बताउँछन् । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ७ : ४८ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%