२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

निर्वाचनमा धादँली भएको भन्दै इमरान खानको पार्टीले आज देशभरी प्रदर्शन गर्ने



इस्लामबाद । पाकिस्तानमा हालै सम्पन्न आम निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ । तर, केही ठाउँमा अझै परिणाम नआए पछि इमरान खान नेतृत्वको पीटीआईले आज प्रदर्शन गर्न लागेको हो ।

सो पार्टीले आफ्ना कार्यकर्ताहरूलाई आरओ कार्यालय बाहिर प्रदर्शन गर्न आह्वान गरेको छ । पीटीआई नेता ब्यारिस्टर गोहर अली खानले पार्टी कार्यकर्ता र समर्थकहरूलाई निर्वाचन परिणामहरू रोकिएको र ढिलाइ भइरहेको निर्वाचन क्षेत्रहरूमा रिटर्निंग अधिकारीहरूको कार्यालय बाहिर विरोध प्रदर्शन गर्न आह्वान गरेका थिए ।

‘इमराने खान साहबको निर्देशन अनुसार नतिजा रोकिएका र ढिलाइ भएका क्षेत्रहरू हामी तपाइँसँग त्यो सूची साझा गर्नेछौं र जानाजानी हाम्रो बहुमतलाई हारमा परिणत गर्न कोशिश गरिदैँछ, त्यसैले दबाब दिन जरूरी छ’ उनले भने, ‘नतिजा घोषणा नभएका निर्वाचन क्षेत्रमा सम्बन्धित आरओ कार्यालयबाहिर आन्दोलन गर्ने छौँ ।”

गोहरले आन्दोलन शान्तिपूर्ण हुने बताउँदै पार्टीका कार्यकर्ता र समर्थकलाई  कानूनअनुसार विरोध गर्न आग्रह गर्दै यो संवैधानिक अधिकार भएकोसमेत बताएका छन ।

इमरान खानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) ले शनिबार मध्यरातसम्ममा पूर्ण परिणाम घोषणा गर्ने निर्वाचन आयोगलाई दबाब दिएकाे थियाे ।

‘निर्वाचन आयोगले मध्यरातभित्र पूर्ण परिणाम घोषणा गरोस्, नत्र नतिजा नआएका क्षेत्रमा आन्दोलनको सामना गर्न तयार रहनुपर्छ’, साे पार्टीले हिजाे भनेकाे थियाे । यस क्रममा पीटीआईले केन्द्रका साथै पञ्जाब र खैबर-पख्तुनख्वा प्रान्तमा पनि सरकार बनाउने बताएको छ ।

खान नेतृत्वकाे पीटीआई समर्थक स्वतन्त्र उम्मेदवारले ९२ स्थानमा बिजय हासिल गरी पहिलाे स्थानमा रहेकाे छ भने नवराज सरिफकाे नेतृत्वकाे पिएमएलएन ७१ सिटसहित दाेस्राे स्थानमा रहेका छन । पिपिइ ५४ र जेएलफ ५ र अन्य स्वतन्त्रले ३३ स्थानमा बिजयी हासिल गरेका छन ।

बिहिबार अबेरसम्मकाे मत परिणाम पछि याे तथ्यांक सार्बजनिक भएकाे हाे ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ७ : २३ बजे

प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी

बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही

समस्याग्रस्त घोषित सहकारीको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचना

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज

दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध

शक्तिपीठमा सराँय खेल्नेको भीड, बसाइँ सरेका पनि केही दिन थातथलोमा फर्किए

गुल्मी । बडादसैँको एकादशीदेखि पूर्णिमासम्म नाचिने ऐतिहासिक सराँय नाचले गुल्मीका