२५ चैत्र २०८१, सोमबार | April 7, 2025

पेन्सन कटौती गरिने भएपछि ७ सय कर्मचारीले दिए राजीनामा



काठमाडौं । संसद्मा विचाराधीन प्रशासन कानुन मस्यौदामा अनिवार्य अवकाशपछि पाउने निवृत्तिभरण (पेन्सन) रकम कटौती गर्ने प्रावधान राखिएपछि गत आर्थिक वर्षमा ७ सयभन्दा बढी निजामती कर्मचाीले राजीनामा गरेका छन् ।

अनिवार्य अवकाश पाउनुअघि नै बढी पेन्सन सुविधा लिन ७ सय २० कर्मचारीले राजीनामा गरको हुन् । निजामती कितावखानाका अनुसार यो संख्या अघिल्लो आवको भन्दा दोब्बर हो ।

किताबखानाका उपमहानिर्देशक अद्वैतप्रकाश श्रेष्ठले अघिल्ला वर्ष अनिवार्य अवकाशभन्दा अघि राजीनामा गर्ने कर्मचारीको संख्या बढीमा साढे ३ सयसम्म हुने गरे पनि गत आवमा दोब्बरले बढेको जानकारी दिए ।

किताबखानाले आव २०७७/७८ मा १ मुख्यसचिव, १९ सचिवसहित २ हजार ४ सय ८० कर्मचारीले ५८ वर्ष उमेर हदका कारण अवकाश पाउन लागेको जानकारी गराएको छ ।

तर, अघिल्ला वर्षहरूमा करिब ३ हजार २ सयदेखि ३ हजार ३ सयसम्म कर्मचारीले अवकाश पाउने गरेका थिए । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ६ : ४० बजे

रास्वपाका सभापति रवि लामिछाने भैरहवा कारागार चलान

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई

होटल पौवामा स्वाद उत्सव तथा सम्मान कार्यक्रम

बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ

जनमत-उन्मुक्ति बिच बैशाख १५ मा एकीकरण, पार्टीको नाम जनमत, चुनाव चिन्ह ढकिया

बर्दिया । अन्ततः जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण

रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दामा

‘संविधान संशोधनको लागि सबै दलहरु मिल्नुपर्छ’ : सांसद आचार्य

काठमाडौं । विसं २०३३ देखि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी