२८ मंसिर २०८२, आइतबार | December 14, 2025

५ वर्षभित्र सवारी दुर्घटना ५० प्रतिशतले घटाउँछौ : मन्त्री गंगा श्रेष्ठ



हेटौंडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले बागमती प्रदेशमा आगामी ५ वर्षभित्र सवारी दुर्घटना ५० प्रतिशतले घटाउने बताएका छन् ।

बिहीबार हेटौंडामा बागमती प्रदेशको १० वटा जिल्लामा एकसाथ सञ्चालन हुने ट्राफिक सप्ताह २०८० को उद्घाटन गर्दै मन्त्री श्रेष्ठले बागमती प्रदेशमा आगामी ५ वर्षभित्र सवारी दुर्घटना ५० प्रतिशतले घटाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले ट्राफिक व्यवस्थापनका लागि प्रविधिको अधिकतम् प्रयोग गर्न प्रदेश सरकारले विशेष बजेटको व्यवस्था गर्ने बताए । उनले आ।व। २०८०/०८१ का लागि ट्राफिक प्रहरीलाई आवश्यक पर्ने उपकरणहरू खरिदको प्रक्रिया अघि बढाएको पनि बताए । उनले दुर्घटनाको उच्च जोखिम भएका सडकहरूमा ५ वर्षभित्र सिसिटीभी जडान गरिसक्ने भन्दै त्यसका लागि प्रारम्भिक सर्भे सम्पन्न भई क्यामेरा खरिद प्रक्रिया अघि बढेको जानकारी गराए ।

मन्त्री श्रेष्ठले सडक दुर्घटना न्यूनीकरणका लागि आन्तरिक मामिला मन्त्रालयले समुदाय स्तरमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको जानकारी दिए । उनले आगामी वर्षदेखि ट्राफिक व्यवस्थापनलाई सुदृढ एवं सहज बनाउन यातायात व्यवस्था कार्यालय, सडक कार्यालय, स्थानीय तह, विभिन्न संघसंस्था, आम सडक प्रयोगकर्ता, सञ्चार माध्यम र सरोकारवालाहरुलाई समेटेर एकीकृत कार्ययोजना सञ्चालन गरिने बताए । उनले सबैभन्दा बढी दुर्घटना मानवीय कारणबाट हुने भन्दै चालकको दक्षता अभिवृद्धि एवं चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने पनि बताए । त्यस्तै, समयानुकुल सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन परिमार्जन गर्न आफुले पहल गर्ने मन्त्री श्रेष्ठको भनाई छ ।

मन्त्री श्रेष्ठले माध्यामिक तहको पाठ्यक्रममा ट्राफिक शिक्षा राखेर सवारी दुर्घटना हुनबाट बचाउन जिम्मेवार नागरिक उत्पादन गर्नुपर्नेमा जोड दिए । त्यसका लागि प्रदेश सरकारले स्थानीय तहसँग समन्वय र सहकार्य गर्ने उनले बताए ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ४ : २४ बजे

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई