२३ भदौ २०८१, आइतबार | September 8, 2024

वाल्मीकि आश्रम पुग्ने झोलुङ्गे पुल सञ्चालन गर्न माग



चितवन । वाल्मीकि आश्रमलाई नेपालकै बाटोसँग जोड्ने गरी निर्माण गरिएको झोलुङ्गे पुल तत्काल सञ्चालन गर्न माग गरिएको छ । निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पुल सञ्चालनमा नआएको भन्दै नेकपा (एमाले) माडी नगर कमिटीले पुल सञ्चालन गर्न माग गरेको हो ।

वाल्मीकि आश्रममा बसेको एमाले माडी नगर कमिटीको विस्तारित बैठकले झोलुङ्गे पुल तत्काल सञ्चालन गर्नुपर्ने, चितवनको भूमिमा चितवनबाटै जान मिल्ने गरी सडक निर्माण गनुपर्नेलगायत विभिन्न निर्णय गरेको छ ।

नगर कमिटी अध्यक्ष नारायणप्रसाद अधिकारीका अनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी–६ स्थित त्रिवेणीधाममा नारायणी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा नआउँदा सडक मार्ग भएर वाल्मीकि आश्रम पुग्न भारतको बाटो प्रयोग गर्नुपरेको छ । नारायणी नदीमाथि डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

बैठकमा सहभागी माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले चितवन राष्ट्रिय निकुञ्जको कानुनी बाधाका कारण वाल्मीकि आश्रमलाई सडक मार्गसँग जोड्न नसकिएको बताए । नवलपुर र वाल्मीकि आश्रम जोड्नका लागि पुल सञ्चालनमा आए पनि पुलबाट आश्रम पुग्ने गरी सडक निर्माणमा निकुञ्जको अवरोध छ”, उनले भने, “यस विषयमा सङ्घीय सरकारले नै सहजीकरण गर्नुपर्छ ।”

धार्मिक ग्रन्थअनुसार त्रेतायुगमा सीता माताले लवकुशलाई जन्म दिएको, लवकुशले महर्षि वाल्मीकिसँग शिक्षा लिएको, वाल्मीकिसहित ८५ हजार ऋषिले हवन गरेको, लवकुशले भगवान् श्रीरामको अश्वमेध यज्ञमा छाडिएको घोडा समातेर बाँधेको तथा महर्षि वाल्मीकिले रामायण लेखेको पवित्र भूमि यही स्थानमा पर्दछ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  १० : ०३ बजे

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव यथावत

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,