१२ आश्विन २०८१, शनिबार | September 28, 2024

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५७ प्रतिशत उत्तीर्ण



काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ। काउन्सिलले लिएको परीक्षामा एमबीबीएस र बीडीएस गरी कुल ५६.६८ प्रतिशत उत्तीर्ण भएका छन्।

काउन्सिलका निमित्त रजिष्ट्रार डा विश्व दवाडीका अनुसार एमबीबीएस तर्फ ५५ दशमलव ९६ र बीडीएस तर्फ ६१ दशमलव शून्य पाँच प्रतिशत उत्तीर्ण भएका हुन्। परीक्षामा एमबीबीएसतर्फ १ हजार ७ सय ५७ जना विद्यार्थीले लाइसेन्स परीक्षाका लागि आवेदन दिएका थिए।

आवेदन दिएका मध्ये १ हजार ७ सय ३७ विद्यार्थी परीक्षामा सहभागी भएकामा ९ सय ७२ जना पास भएका हुन्। एमबीबीएसतर्फका ७ सय ६५ जना परीक्षार्थी फेल भएका छन्।

यसैगरी, बीडीएस तर्फ २ सय ८५ जनाले परीक्षा दिएकामा १ सय ७४ जना पास भएका छन्। बीडीएस तर्फ १११ जना भने फेल भएका छन्।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ७ : ३२ बजे

काभ्रेको थुम्कीमा पहिरोले गाउँ नै बगायो, चार जना बेपत्ता

काभ्रे । काभ्रेको बल्थलीस्थित थुम्कीमा पहिरोले गाउँ नै बगाएको छ

३१ वर्षपछि कुलेखानी ड्याम भरियो

काठमाडौं । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान

नारायणगढ-मुग्लिन सडकको ९ किलोमा सडक भाँसियो

चितवन । नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत ९ किलोमा सडक भाँसिएको

डेङ्गी नियन्त्रणको नीति बनाउन कार्यदल गठन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर फैलिएको डेङ्गी रोकथाम

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय