१२ आश्विन २०८१, शनिबार | September 28, 2024

अव नेपालमै र नेपाली चिकित्सकबाटै सम्भव भयो कलेजो प्रत्यारोपण



काठमाडौं । नेपालमै अब कलेजोको सफल प्रत्यारोपण हुने भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा नेपालमै पहिलोपटक नेपाली चिकित्सकबाट कलेजोको सफल प्रत्यारोपण गरिएको हो । यसअघि भारतमा तथा नेपालमै पनि भारतीय चिकित्सकको सहयोगमा कलेज प्रत्यारोपण गर्ने गरिएकामा अब नेपालमै नेपाली चिकित्सिकले नै यो काम गर्ने भएका हुन् ।

अस्पतालका कलेजो प्रत्यारोपण युनिटका प्रमुख प्रा डा रमेशसिंह भण्डारीको नेतृत्वमा गत पुस २७ गते नेपाली चिकित्सकको टोलीले ४१ वर्षीय पुरुषमा कलेजोको सफल प्रत्यारोपण गरेको हो । त्यसपछि नेपालमै नेपाली चिकित्सकले कलेजोको प्रत्यारोपण गर्न सक्छौँ भन्ने आत्मविश्वास बढेको डा. भण्डारीको भनाइ छ ।

“हामी नेपालमै कलेज प्रत्यारोपणमा सक्षम भएका छौँ । नेपालमै कलेजो प्रत्यारोपणका लागि यो ऐतिहासिक र कोसेढुङ्गा हो”, उनले भने, “यसअघि हामी विदेशी चिकित्सकको सहयोगमा कलेजो प्रत्यारोपण गर्दै आइरहेका थियौँ ।” उनका अनुसार यसअघि अस्पतालमा कलेजो प्रत्यारोपण गर्न भारतीय चिकित्सकको सहयोग लिने गरिन्थ्यो । अस्पतालमा गरिएको यो कलेजो प्रत्यारोपण ११औँ सफल प्रयास हो ।

अस्पतालमा गत पुस २७ गते नुवाकोटका ४१ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरिएको थियो । ती पुरुषलाई ४० वर्षे श्रीमतीले कलेजो दान गरेक िथिइन् । चिकित्सक डा भण्डारीले दुवैको स्वास्थ्य राम्रो रहेको बताए ।

उनका अनुसार कलेजोको सफल प्रत्यारोपण गरेका बिरामी अहिले स्वस्थ्य भई आजै बिहान डिस्चार्ज भएका छन् । उनकी श्रीमती भने १० दिनमा डिस्चार्ज भएकी थिइन् ।

वरिष्ठ कलेजो रोग विशेषज्ञ डा भण्डारीले ५० जना चिकित्सकसहितको टोलीले करिब १२ घण्टामा ती पुरुषमा कलेजो प्रत्यारोपण गरिएको बताए । अस्पतालमा कलेजो प्रत्यारोपणका लागि रु २५ देखि ३० लाख खर्च लाग्छ । विदेशमा भने कलेजो प्रत्यारोपण गर्न करिब रु एक करोड लाग्छ ।

नेपालमा सरकारी त्रिवि शिक्षण अस्पताल र मानव अङ्ग प्रत्यारोषण केन्द्रमा कलेजो प्रत्यारोपण गरिन्छ । प्रत्यारोपण केन्द्रमा सन् २०१६ र त्रिवि शिक्षण अस्पतालमा सन् २०१९ बाट कलेजो प्रत्यारोषण सुरु गरिएको हो ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  १ : ५२ बजे

काभ्रेको थुम्कीमा पहिरोले गाउँ नै बगायो, चार जना बेपत्ता

काभ्रे । काभ्रेको बल्थलीस्थित थुम्कीमा पहिरोले गाउँ नै बगाएको छ

३१ वर्षपछि कुलेखानी ड्याम भरियो

काठमाडौं । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान

नारायणगढ-मुग्लिन सडकको ९ किलोमा सडक भाँसियो

चितवन । नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत ९ किलोमा सडक भाँसिएको

डेङ्गी नियन्त्रणको नीति बनाउन कार्यदल गठन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर फैलिएको डेङ्गी रोकथाम

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय