२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

नवौं डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिता : फराकिलो अन्तरले धम्बोझी र न्यु दर्पण विजयी



खजुरा । न्यु डाँफे स्पोर्टस क्लबको आयोजनामा बाँकेको खजुरा गाउँपालिकाको डि गाउँ स्थित मिनि रंगशालामा जारी नवौं डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा धम्बोझी क्लब नेपालगन्ज र न्यु दर्पण स्पोर्टस क्लब खजुरा ई गाउँले फराकिलो गोल सहित जित हासिल गरेका छन ।

प्रतियोगिताको तेश्रो दिनको पहिलो खेल धम्बोझी क्लब नेपालगन्ज र नेपाल प्रहरीको लुम्बिनी गण खजुरा बीच भएको थियो । धम्बोझी क्लबले प्रहरीको लुम्बिनी गणलाई शुन्यका विरुद्ध ५ गोलले जित निकाल्यो । धम्बोझीको तर्फबाट निराजन शाहीले ह्याट्रिक गरे भने भक्त भण्डारी र अशोक केसीले एक एक गोल गरेका थिए । शाहिले खेल शुरुभएको ७, ११ र ५८ मिनेटमा गोलको बर्षा गराए । खेलको ३५ मिनेटमा भक्त भण्डारीले र ६१ मिनेटमा अशोक केसीले थप एक गोल गरेका थिए । धम्बोझी क्लब र प्रहरीको लुम्बिनी गणको खेलमा धम्बोझीकै खेलाडी निराजन शाहि म्यान अफ द म्याच घोषीत भए ।

त्यस्तै मंगलबार भएको दोस्रो खेलमा न्यु दर्पण स्पोर्टस क्लब खजुरा ई गाउँले जित हासिल गरेको छ । न्यु दर्पणले जय किसान स्पोर्टस क्लब सैनिकलाई फराकिलो गोल अन्तरले हराएको थियो । दर्पणले शुन्यका विरुद्ध ४ गोल गर्दै जित हासिल गरेको हो। न्यु दर्पणका तर्फबाट भुपेन्द्र शाहि(चाइना)ले ह्याट्रिक गरे भने मनिस सुनारले थप एक गोल गरेका थिए । खेल शुरु भएको ३, ३२ र ५५ मिनेटमा भुपेन्द्रले गोल गरेका थिए भने ५७ औ मिनेटमा मनिस सुनारले एक गोल गरि जित निकालेको प्रचार संयोजक खगेन्द्र दाहालले जानकारी दिए । दोस्रो खेलको म्यान अफ द म्याच न्यु दर्पणका भुपेन्द्र शाहि (चाइना) घोषीत भए । दुबै म्यान अफ द म्याच घोषित खेलाडीले नेपालगन्जमा रहेको थोपा प्रयोगशालाको तर्फबाट नगद ११ सयका दरले पुरस्कार प्राप्त गरे ।

बुधबार देखि समुह ‘ख’ अन्तर्गत रहेका टिमहरुले प्रतिस्पर्धा गरिरहेका छन । खेल संयोजक तिलकविर सुनारका अनुसार नवौं डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिताको विजेता टिमले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैया नगद पाउने छन ।

उक्त पुरस्कार राशि हाल अमेरिकामा रहेका खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँ निवासी लिल बहादुर थापाले सौजन्य गरेका छन । न्यु डाँफे स्पोर्टस क्लबका अध्यक्ष हरि प्रकाश विकले प्रतियोगितामा उप विजेता हुने टिमलाई ८५ हजार ५ सय ५५ हजारका साथमा मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने जानकारी दिए। यसैगरि प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र सर्बाधिक गोलकर्तालाई पनि नगद २ हजार ५ सय रुपिया प्रदान गरिने क्लबका अध्यक्ष बिकले बताए ।

प्रतियोगितामा १४ टिमले भाग लिएका छन । विहिबार पहिलो खेल रेसिङ्ग साहरा कोहलपुर र एफ सि गौघाट बीच हुनेछ भने दोस्रो खेल न्यु डाँफे स्पोर्टस क्लब ‘बि’ र सगरमाथा युवा क्लब बीच हुने खेल संयोजक सुनारले जनाए ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  १० : ३६ बजे

प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी

बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही

समस्याग्रस्त घोषित सहकारीको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचना

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज

दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध

शक्तिपीठमा सराँय खेल्नेको भीड, बसाइँ सरेका पनि केही दिन थातथलोमा फर्किए

गुल्मी । बडादसैँको एकादशीदेखि पूर्णिमासम्म नाचिने ऐतिहासिक सराँय नाचले गुल्मीका