२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

मानव सेवा आश्रममा भोजन गराएर स्वर्गिय ‘चाचा’ को चौथो स्मृती दिवस



नेपालगन्ज । नेपालगन्जमा नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी तथा वरिष्ठ पत्रकार स्वर्गिय पन्नालाल गुप्ता ‘चाचा’को चौथो स्मृती दिवस मनाइएको छ । ‘वरिष्ठ पत्रकार स्वर्गिय प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता चाचाजी स्मृति प्रतिष्ठान’को आयोजनामा मानव सेवा आश्रमको नेपालगन्जमा आश्रित ५५ बढी ब्यक्तिहरुलाई बेलुकाको भोजन गराएर स्मृर्ती दिवस मनाइएको हो ।

मानव सेवा आश्रम नेपालगन्जमा प्रतिष्ठानका अध्यक्ष एवम् पुर्वमेयर विजय गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष एवम् प्रतिष्ठानका महासचिव शुक्रऋषि चौलागाईले स्वर्गिय गुप्ता कलमजिवी भएको र सदैब उनले कलमलाई हतियारको रुपमा प्रयोग गरेको स्मरण गरे । प्रतिष्ठान भर्खरै स्थापना भएको र आर्थिक रुपमा स्रोत जुटाउन नसक्दा केही काम गर्न कठिनाई भएको महासचिव चौलागाईले बताए ।

नेपाल प्रेस युनियन बाँकेका निर्वतमान अध्यक्ष अर्जुन ओलीले स्वर्गिय गुप्ताले नेपाली पत्रकारितामा महत्वपूर्ण कुराहरु सिकाएर गएको बताए । ‘हामी नाती पुस्ताले धेरै कुराहरु सिक्ने अवसर पायौं, जिवित छदाँ मैले धेरै कुरा सिक्ने अवसर पाएको थिए,’ उनले भने ।

स्वर्गिय गुप्ता अहिले नरहेपनि उनको योदानलाई आगामी दिनमा पनि सम्झिदै जानुपर्ने र नयाँ पुस्तालाई सिकाउनुपर्नेमा निर्वतमान अध्यक्ष ओलीको जोड थियो ।

युनियन बाँकेले विगतमा स्वर्गिय गुप्ताको नाममा त्रिभुवन चोक पुर्वतर्फको सडक तथा निवास नजिकै रहेको चोकको नामाकरण गर्नका लागि नेपालगन्ज उपमहानगरपालिका, पत्रकार महासंघ लगायत सरोकारवाला निकायसँग आवश्यक पहल तथा समन्वय गरेको पनि निर्वतमान अध्यक्ष ओलीले स्मरण गरे ।

उक्त कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, स्वर्गिय गुप्ताका परिवार तथा आफन्तजनलगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ९ : ३८ बजे

कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द

मकवानपुर । कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने

प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी

बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही

समस्याग्रस्त घोषित सहकारीको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचना

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज

दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध