२८ मंसिर २०८२, आइतबार | December 14, 2025

फेसबुकलाई पछि पार्दै चिनियाँ वीच्याट बन्यो विश्वकै मूल्यवान समाजिक सञ्जाल कम्पनी



चिनियाँ सामाजिक सञ्जाल संचालक कम्पनी टेन्सेन्ट विश्वकै मूल्यवान सामाजिक सञ्जाल कम्पनी बन्न सफल भएकोछ ।

टेन्सेन्टले अमेरिकी सामाजिक सञ्जाल फेसबुकको व्यापारलाई पछाडि पारेको छ । मंगलबार कारोबार समय खुलेसँगै बजार मूल्य ६७० बिलियम अमेरिकी डलर पुगेसँगै टेन्सेन्ट विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको हो ।

टेन्सेन्ट लोकप्रिय चिनिया सामाजिक सञ्जाल वी च्याट र अनलाइन गेमको संचालक कम्पनी हो । फेसबुकको मंगलबारको बजारमूल्य ६५७.८३ विलियन अमेरिकी डलर (५ दशमलव २ ट्रिलियन हङ्कङ डलर) रहेको छ । यदि यो कम्पनीको प्रतिसेयर मूल्य बजार बन्द हुने बेलासम्म ५३३ हङकङ रह्यो भने टेन्सेन्ट विश्वकै सातौं ठूलो कम्पनी बन्नेछ ।

दुई हप्ता अघि मात्र, चिनियाँ इकमर्स कम्पनी अलिवावाले फेसबुमाथि हावी हुँदै ६७३ विलियम अमेरिकी डलरको छैठौं ठूलो कम्पनी बन्न सफल भएको थियो । हङकङ स्टक एक्स्चेन्जमासेयर मूल्य १० प्रतिशतले बढेसँगै अलिबाबाले फेसबुकलाई पछाडि पारेको थियो ।

विश्वभरी अमेरिकी प्रविधि र इन्टरनेट कम्पनीहरुकै अहिलेसम्म बोलवाला रहेको थियो । तर, पछिल्लो दिनमा चिनियाँ प्राविधिक कम्पनीहरुको विकास तिब्र गतिमा हुँदै आएको छ । अमेरिकाले चीनको प्रौद्योगिक विकास रोक्नका लागि व्यापार युद्धदेखि विश्वव्यापी प्रतिबन्धका अनेकौं खेल खेले पनि सफल हुन सकेको छैन ।

फाइभ जी मा चीनको नेतृत्वदायी भूमिकाकै कारण अमेरिका प्रविधिको क्षेत्रमा पछि पर्दै जान थालेको छ । चिनियाँ इकमर्स कम्पनीहरुको विस्तार दिनप्रतिदिन बढ्दै गएको छ ।

‘चीनको बढ्दो जीडीपीका कारण चिनियाँ कम्पनीहरु उत्कृष्ठ १० या उत्कृष्ट १०० भित्र पर्दै गएका छन्’, एभरब्राइट सन हङकाईका व्यवस्थापन रणनीतिकार केनी वेन भन्छन्, ‘यो प्रवृति भविष्यमा पनि देखिनसक्छ । तर अमेरिका र चीनबीचको सम्बन्ध एवं कोरोना महामारीका कारण अवस्था केही जटिल बन्नसक्छ ।

टेन्सेन्टको इकोसिस्टममा खेल, सोसल नेटवर्किङ, मोवाइल भुक्तानी, संगीत र भिडियो साथमा क्लाउड जोडिएका छन् । वी च्याट सामाजिक सञ्जाल म्यासेज, मोवाइल भुक्तानीको प्रयोग विश्वका १ अर्ब भन्दा बढी मानिसहरुले गर्दै आएका छन् । टेन्सेन्ट विश्वव्यापी मोवाइल गेमको पावर हाउस बनेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  १२ : २९ बजे

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई