४ बैशाख २०८२, बिहिबार | April 17, 2025

बागलुङको तमानखोला र निसीखोलामा पहिरो, ३ बालबालिकाको मृत्यु



बागलुङ । अविरल वर्षापछि पहिरो जाँदा बागलुङ जिल्लाको तमानखोला र निसीखोला गाउँपालिकामा ३ जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान ३ बजेतिर गएको पहिरोले तमानखोला गाउँपालिका वडा नं. २ खालेसोबाङका पानबहादुर विकको घर पुरेको थियो ।

पहिरोले पुरेर सुतिरहेका विकका १३ वर्षीय छोरा खिमबहादुर विका र १२ वर्षीया छोरी रिता बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । तर, सँगै सुतिरहेकी आमा होमकुमारी बिक भने घाइते भएकी छिन् ।

यसैगरी, सोमबार राति गएको पहिरोले निसीखोला गाउँपालिका वडा नं. १ निवासी कमल परियारको घर पुरिँदा उनका पाँच वर्षीय छोरा समिर परियारको मृत्यु भएको छ । कमलका श्रीमती र छोरीले भने भागरे ज्यान बचाएका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ८ : ४६ बजे

एकैदिनमा ३ हजार ६ सयले बढ्यो सुनको मूल्य, अहिले सम्मकै उच्च

काठमाडौं । सुनको मुल्य एकै दिन ३ हजार ६०० रूपैयाँले

वर्तमान सरकार बिचौलिया र भ्रष्टाचारीलाई बचाउन बनेको हो : अध्यक्ष प्रचण्ड

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान

उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा

काठमाडौँ । कर्णालीसहित देशका विभिन्न भूभागका जैविक उत्पादन यहाँ उपलब्ध

एक करोड १५ लाख लिटर दूध प्रशोधन

भरतपुर । चितवन मिल्कले एक वर्षमा एक करोड १५ लाख

बिस्काःसगुन जात्रा सम्पन्न

भादगाउँ । बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं