१६ कार्तिक २०८१, शुक्रबार | November 1, 2024

ईट्टा उद्योग चलाउने स्थिती छैन : उद्योगी



भैरहवा । रुपन्देहीका ईट्टा उद्योगी व्यवसायीहरुले उद्योग बन्द हुने अवस्था आएको बताएका छन ।

लुम्बिनी ईट्टा उद्योग ब्यवसायी संघले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा ब्यवसायीहरुले निर्माणजन्य काममा आएको गिरावट र स्थानीय ईटाको प्रयोग कम हुन थालेपछि रुपन्देहीको ईट्टा उद्योग धराशायी हुने अवस्थामा पुगेको बताएका हुन् ।

एकातर्फ बजारमा माग न्यून छ, तयार भएको इटा विक्री हुन सकेको छैन भने बैंक र करका लागि पटक पटक ताकेता हुदै गएको उद्योग संचालनमा समस्या सृजना भएको उद्योगीहरुको भनाई छ । चर्को ब्याजदर, कर माथिको कर, कच्चा पदार्थको अभाव लगायतको समस्याले पनि यो ब्यवसाय धरापमा परेको उद्योगीहरुले गुनासो गरे ।

संघका अध्यक्ष अजय कुमार गुप्ताले अहिले मुख्य हाम्रो सिजन भएपनि उद्योगीहरु निराश रहेको उल्लेख गर्दै गत वर्ष २५ प्रतिशत उद्योगले मात्रै उत्पादन गरेकोमा ति ईटा अहिलेसम्म पनि विक्रि नभइसकेकोले उत्पादन नगर्ने पक्षमा रहेको बताए । ‘यहाँ ५२ वटा उद्योग छन तर अधिकांस उद्योगको अवस्था त्यस्तै रहेको छ । अहिले २-३ वटा उद्योगहरु बाहेक अन्य सबै उद्योगहरु उत्पादन नगर्ने मनसायमा रहेका छन् ।’ उनले भने ।

जिल्लामा अहिले करिब ८ करोड गोटा मात्र ईट्टा मौजदात रहेका छन् । यस पटक रुपन्देहीको हिरो इट्टा उद्योग, एभरेष्ट इट्टा उद्योग र जेएम इट्टा उद्योगले मात्र उत्पादनको लागि तयारी गरेका छन । ४ महिना काम गरेर वर्ष दिन व्यवसाय गर्ने उधोगीहरु भने अहिले दुविधामा छन् ।

“देशको आर्थिक मन्दीको कारण अहिले आर्थिक क्षेत्र चलायमान हुन सकेको छैन, जसले माग घटेको छ ।’ संघका अध्यक्ष गुप्ताले भने । उद्योगहरु धराशायी बनेको अवस्थामा बैंक ब्याज तिर्न नसकेको उनको भनाई छ ।

यस्तै सरकारले निर्माण ब्यवसायीहरुको रकम भुक्तानी नगरेको कारण बिक्रि भएको रकम पनि असुल हुन नसकेको उनले बताए । ‘यस्तो अवस्थामा मूल्य अभिवृद्धि कर लगायत बुझाउन सकिएको छैन, नतिजा त्यहाँ पनि हर्जाना बुझाउनु परेको छ ।” गुप्ताले भने “यस्तो अवस्थामा स्थानिय तहहरुले माटो लगायतमा पनि रोयल्टी बढाएको छ, यस्तै भए हामी कसरी उद्योग चलाउने ?”

उनले अहिलेको अवस्थामा सरकारले मूल्य अभिवृद्धि करमा लाग्ने हर्जाना तथा स्थानिय तहहरुले बढाएको बिभिन्न कर हटाईदिन आग्रह गरे ।

संघका महासचिव दिपक पौडेलले भएको मौज्दात ईट्टाहरु बैंकहरुको दबाबको कारण सस्तोमै बेच्नु परिरहेको बताए । उनले भने “८ देखि १० वटा ईट्टा उद्योगहरु लिलामीमा चढेको अवस्था छ ।”

रुपन्देहीमा उत्पादन हुने इट्टा पाल्पा, गुल्मी, पोखरा, काठमाण्डौँ लगायत विभिन्न स्थानमा जाने गर्दछ । चिसो मौषमको लागी प्रत्येक वर्ष मंसिर देखि र माघ देखी जेठ महिना सम्म गर्मी यामको लागि उद्योग संचालन हुने गर्दछ भने बाँकी महिना वर्षाका कारण इट्टा उद्योगहरु बन्द रहने गर्दछन् ।

प्रत्येक वस्तुको विमा हुने गरेपनि सरकारको नीतिका कारण काँचो इट्टाको विमा नहुने हुदाँ वर्षेनी करोडौँ रुपैयाँको नोक्सानी बेहोरदै आएको नेपाल ईट्टा उद्योग व्यवसायी महासंघका सल्लाहकार हरि प्रसाद अधिकारीको भनाई छ । ब्यवसायीहरुले आफ्नो तरिका अनुसार काँचो ईट्टा जोगाउन खोजे पनि त्यो लगानी जोगाउनको लागी प्रयाप्त हुन नसकेको अधिकारीले बताए ।

ब्यवसायीहरुले काँचो ईट्टाको बिमा बारे प्रदेश सरकार र संघिय सरकारलाई पटक पटक आग्रह गरे पनि यस बारे कुनै ठोस निर्णय नभएकोले ब्यवसायी मारमा परिरहेको उनको भनाई छ ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ८ : ३७ बजे

कुश्मिसेरा-राङ्खानी सडक निर्माणमा चरम लापरवाही

बागलुङ । दुई वर्षमा कालोपत्र सक्नेगरी ठेक्का सम्झौता भएको कुश्मिसेरा–राङ्खानी

सवारी दुर्घटनामा एकको मृत्यु, एक जनाको अवस्था गम्भीर

त्रिशूली । लिखु गाउँपालिका–६ छहरेमा मिनीट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक

लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग १६०२ मेगावाट, पिक समयमै २५३ मेगावाट भारत निर्यात

काठमाडौँ । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत उच्च

जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन

जुम्ला । यो वर्ष जिल्लामा २० हजार पाँच सय ११

फूल बेच्न भ्याइनभ्याई

कञ्चनपुर । बारीमा फूल फुलेर पहेँलपुर छन् । कोही फूल