२८ मंसिर २०८२, आइतबार | December 14, 2025

रिडी–वामीटक्सार सडक तीन दिनदेखि अवरुद्ध



रिडी । अविरल वर्षाका कारण पहिरो जादा गुल्मीको रिडी–वामीटक्सार सडकखण्ड ३ दिनदेखि अवरुद्ध भएको छ ।

शनिवार कालिगण्डकी करिडोर अन्तर्गत जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ को (पुल क्याम्प) खोपा भन्ने स्थानमा ठूला चट्टानसहित पहिरो खसेकाले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।

ठूला ढुंगासहित पहिरो खसेकाले तुरुन्त सडक खुलाउन समस्या पर्दै आएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । पानी पर्ने क्रम रोकिए सोमबार साँझसम्म सडक खुल्न सक्ने बताइएको छ ।

पहिरो हटाउन स्काभेटरहरु प्रयोग गरिए पनि पानी परिरहेकाले समस्या परेको छ । सडक अवरुद्ध भएपछि सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् ।

अविरल वर्षाका कारण गुल्मी जिल्लाका ग्रामिण भेगका अधिकांश सडक जोखिमयुक्त र अवरुद्ध बनेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ११ : २५ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%