४ बैशाख २०८२, बिहिबार | April 17, 2025

पर्सामा कोरोनाले पाँच दिनमा ४ जनाको मृत्यु



वीरगञ्ज । नारायणी अस्पतालको कोभिड बिशेष अस्पताल गण्डकमा ५ दिनको अन्तरालमा कोरोनाको उपचार गराउन त्यहाँ पुगेका ४ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

चारजना मध्ये दुईजना वीरगन्जका बजार क्षेत्र हुन् भने १७ बर्षी युवती पनि वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरकी हुन् । आइतबार निधन भएका आदर्शनगरका व्यापारी भारतीय नागरिक रहे पनि लामो समयदेखि वीरगन्जमा नै बस्दै आएको मृतकका आफन्तले बताए ।

शव व्यवस्थापन गर्ने जिम्मा पाएको नेपाली सेनाले शव व्यवस्थापन गर्ने सन्दर्भमा मृतक भारतीय नागरिक भएको खुलेपछि भारत पठाउने कि यतै व्यवस्थापन गर्ने भन्ने सवालमा भारतीय महावाणिज्य दूतावाससँग सहकार्य गर्ने जनाइएको छ ।

कोरोनाका कारण गएको बुधबार वीरगन्जको माइस्थानका ७० बर्षीय पुरुष, शुक्रबार बिहान वीरगन्ज ११ रानीघाटकी ८५ बर्षीय बृद्धा र साझँ परवानीपुरकी १७ बर्षीय युवतीको निधन भइसकेको थियो ।

आइतबार भने लामो समयदेखि वीरगन्जमा बस्दै आएका ती भारतीय व्यापारीको निधन भएको कोभिड बिशेष अस्पताल गण्डकका संयोजक डा उदय नारायण सिंहले बताए । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ६ : ५९ बजे

वर्तमान सरकार बिचौलिया र भ्रष्टाचारीलाई बचाउन बनेको हो : अध्यक्ष प्रचण्ड

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान

उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा

काठमाडौँ । कर्णालीसहित देशका विभिन्न भूभागका जैविक उत्पादन यहाँ उपलब्ध

एक करोड १५ लाख लिटर दूध प्रशोधन

भरतपुर । चितवन मिल्कले एक वर्षमा एक करोड १५ लाख

बिस्काःसगुन जात्रा सम्पन्न

भादगाउँ । बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं

धौलागिरिमा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु

म्याग्दी । धौलागिरि गाउँपालिकामा तीन वटा लामा झोलुङ्गे पुल निर्माण