२३ भदौ २०८१, आइतबार | September 8, 2024

आज एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्नेछ ।

आसन्न राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छनौट गर्न हिजोका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरी आजका लागि बोलाइएको हो ।

पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार राष्ट्रियसभाका उम्मेदवारको नामावली टुङ्गो लगाएपछि विधान संशोधनबारे बैठकमा छलफल गरिने छ ।

उनका अनुसार विभिन्न जिल्ला तथा जनवर्गीय सङ्गठनबाट सिफारिस गरिएका उम्मेदवारमध्ये पार्टी सङ्गठन निर्माणमा योगदान, सम्बन्धित क्षेत्रमा जनस्तरमा समर्पित तथा लोकप्रिय र क्षमता भएर पनि अवसर प्राप्त नगरेका नेतालाई उम्मेदवार छनौट गर्ने कार्यविधिका आधारमा उम्मेदवारको छनौट गरिने छ ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले पुस २३ गते उम्मेदवारी मनोनयनको समय तालिका निर्धारण गरेको छ ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ७ : २६ बजे

ठेकेदारको लापर्बाहीले बृहत् हलेसी ‘पम्पिङ’ खानेपानी आयोजना अधुरै

खोटाङ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका चार हजार

इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक

काठमाडौं । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको

कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । गए

झाडा लागेर बाँकेको जानकी गाउँपालिकामा एक जनाको मृत्यु

बाँके । जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ

चेपाङले मनाए छोनाम (न्वागी) पर्व

चितवन । सीमान्तकृत समुदायमा पर्ने चेपाङ समुदायले शनिबार छोनाम (न्वागी)