२३ भदौ २०८१, आइतबार | September 8, 2024

नेपालबाट बर्सेनि ३ करोड क्यूबिक फिट काठ विदेश निर्यात हुनसक्ने



काठमाडौं। व्यापार घाटा चर्को भइरहेको बेला नेपालबाट बर्सेनि ३ करोड क्यूबिक फिट काठ विदेश निर्यात हुनसक्ने बताइएको छ ।

नेपालका जंगलबाट वार्षिक रुपमा ९ करोड क्यूबिक फिट काठ निकाल्न सकिने र नेपालको कूल बजार माग जम्मा ६ करोड क्यूबिक फिट रहेको बताइएको छ । यसअनुसार नेपालले बर्सेनि ३ करोड क्यूबिक फिट काठ विदेश निर्यात गरेर विदेशी मुद्रासमेत आर्जन गर्न सकिने बताइएको हो ।

नेपाल वन पैदावर उद्योग व्यवसायी महासंघका अध्यक्ष मञ्जिलबाबु मास्केले नेपालका वनजंगलबाट बर्सेनि नेपालको बजार मागभन्दा धेरै काठ निकाल्न सकिने बताए । तर नेपाल काठमा पनि परनिर्भर नै रहेको उनले बताए ।

महासंघका महासचिव माधवमणि हुमागाई सरकारको अत्यधिक संरक्षणको नीतिका कारण वनजन्य वस्तुको उपभोगमा समस्या आइरहेको बताए । यही कारण वर्षेनी अर्बौँ रुपैयाँको आयात बढिरहेको उनी बताउँछन् ।

यही कारण हाल नेपालमा अमेरिका, युरोप र अफ्रिकाबाट समेत काठ आइरहेको वक्ताहरुले बताए । जबकि, नेपालका वनजंगलमा वर्षेनी खर्बौँ रुपैयाँ खेर गइरहेको छ । सरकारले वनजंगलको संरक्षण गर्न कडा नीति अवलम्बन गर्दा बर्सेनि अर्बौँ रुपैयाँ बराबरका वन पैदावारजन्य वस्तुको आयात भइरहेको उनीहरुको भनाई थियो ।

विदेशबाट वार्षिक १८ अर्ब रुपैयाँभन्दा बढीको काठ आयात भइरहेको तथ्यांक छ । यस्तै, करोडौँ रुपैयाँको तयारी फर्निचर, जडीबुटीजन्य वस्तु लगायतका सामग्री आयात भइरहेका छन् । अत्यधिक संरक्षणका कारण स्वदेशी वनजंगलमा भने वार्षिक खर्बौँ रुपैयाँको स्रोतसाधन खेर गइरहेका छन् ।

वन तथा वातावरण मन्त्रालयको एक अध्ययनअनुसार वन क्षेत्रले नेपालको कूल भूभागको ४१.९ प्रतिशत क्षेत्रफल ओगटेको छ । यस्तै, ४ प्रतिशत भूभाग बुट्यान क्षेत्रले गरी कल ४५ प्रतिशत भूभाग वन तथा बुट्यान क्षेत्रले ढाकिएको तथ्यांक छ । यसबाट नेपालले बर्सेनि प्रचुर फाइदा उठाउन सक्छ तर फाइदा उठाउन सकिरहेको छैन । विदेशबाट कच्चा काठ आयातमा नै १८ अर्ब रुपैयाँभन्दा बढी रकम वार्षिकरुपमा बाहिरिने गरेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ४ : ५८ बजे

लुम्बिनी प्रदेशका सभामुखले थारु भाषालाई सरकारी कामकाजीको भाषाको रुपमा अंगिकार गर्न पहल गर्ने

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले थारु भाषालाई

मौलिक, कला, संस्कृतिहरूको प्रवर्धनबाट प्रदेशको पर्यटन विकास गर्न सकिने : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायले मनाउने

गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको प्राथमिकता : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव यथावत

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको