२३ भदौ २०८१, आइतबार | September 8, 2024

लुम्बिनीमा नेपाल-भारत साँस्कृतिक उत्सव : भारत र चीनको पक्की पुल बन्न चाहन्छौं – मन्त्री किराँती



लुम्बिनी । सँस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँतीले नेपाल दुई ठूला छिमेकी भारत र चीनबीचको पक्की पुल बन्न चाहेको बताएका छन ।

भारतीय दूतावासले बुद्धजन्मस्थल लुम्बिनीमा शुक्रबार आयोजना गरेको भारत नेपाल साँस्कृतिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले आर्थिक रुपमा सबल रहेका दुई छिमेकी देशसँग नेपालको ऐतिहासिक सम्बन्ध रहेकाले आफुहरु पक्की पुल बन्न चाहेको बताएका हुन् ।

‘यो देश गौतबुद्ध र सगरमाथाको हो, यो देश सिताको पनि हो, भृकुटीको पनि हो । हाम्रो चेली भृकुटी चीनतर्फ गईन, सिता छिमेकी भारततर्फ गईन, त्यसैले हाम्रो सम्बन्ध आजको होईन, इतिहासदेखिको हो’ मन्त्री किराँतीले भने ।

नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवको उपस्थितीमा भएको कार्यक्रमा मन्त्री किराँतीले लामो समयदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटका बिषयमा भारत सकरात्मक नभएको तर्फ संकेत गर्दै हवाई रुटमा पुर्नविचार गर्न आग्रह गरे । ‘नेपालको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने हवाई रुटका सन्दर्भममा महामहिम मार्फत फेरी नेपाली जनताको तर्फबाट आग्रह गर्दछु, पुर्नविचार गरियोस्, सम्बन्धीत निकायमा पुगोस हाम्रो अपेक्षा छ’ उनले भने ।

उनले भारतीय दुतावसले लुम्बिनीमा गरेको साँस्कृतिक कार्यक्रमले नेपाल र भारतबीच इतिहासदेखिको सम्बन्ध थप प्रगाण र पर्यटकीय हिसाबले पनि महत्वपूर्ण बनेको बताए । लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री किराँतीले लुम्बिनीको पर्यटनमा साँस्कृतिक कार्यक्रमले एउटा इट्टा थप गरेको बताए । भारतसँग नेपालको सम्बन्ध राम र सिताको पालादेखि जोडिएको बताए । साँस्कृतिक रुपमा नेपाल र भारत एक अर्काविच इतिहासदेखि नै जोडिएको बताए । ‘रामको मात्रै कुरा गर्दा भारत अपुरो हुन्छ, सिताको मात्रै कुरा गर्दा नेपाल अपुरो हुन्छ’ मन्त्री किराँतीले अगाडि भने –‘बुद्धजन्मस्थल लुम्बिनीको मात्रै कुरा गर्दा नेपाल अपुरो हुन्छ, महापरिनिर्वाण र ज्ञान प्राप्तीको मात्रै कुरा गर्दा भारत अपुरो हुन्छ ।’
भारतको काशी नपुग्दा नेपालीहरुको तीर्थयात्रा अधुरो र भारतीयहरु पशुपतीनाथ र मुक्तिनाथ नआउदा अधुरो हुने मन्त्री किराँतीले बताए ।

मन्त्री किराँतीले जलवायु परिवर्तन विश्वको साझा चुनौत बनेकाले हिमालय क्षेत्रमा देखा परेको पर्यावरणीय संकट जोगाउनतर्फ भारत सरकारले सहयोग गर्नुपर्ने खाँचो औल्याए । उनले भारतीय सेनामा कार्यरत नेपाली सेनाका कारणले सम्बन्ध चिनि र पानीजस्तै गुलियो रहेको बताए ।

उक्त कार्यक्रममा लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तव, पूर्वमन्त्रीहरु ह«देश त्रिपाठी, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे), लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेय, स्वास्थ्यमन्त्री राजु खनाल, सामाजिक विकास मन्त्री सिके गुप्ता, लुम्बिनीका पूर्व कृष्णध्वज खडका, प्रदेशसभा सदस्य निमा गिरी, काँग्रस लुम्बिनीका सभापती अमरसिंह पुन, नीजि क्षेत्रका उद्योग व्यवसायी लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेपाली शास्त्रीय संगित, थारु नृत्य र अन्य विभिन्न साँस्कृतीक प्रस्तुती राखिएको थियो । नेपाल र भारतविचको सम्बन्ध युगौदेखि रहेको र लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यले लुम्बिनी विकास कोषसँग सहकार्य गरेर साँस्कृतिक कार्यक्रम गरेको कोषका उपाध्यक्ष संविधानसभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले जानकारी दिए ।

साँस्कृतिक कार्यक्रमसँगै मायादेवी मन्दिर परिसरमा भारतमा रहेका बुद्धिष्ट स्थलहरुको फोटो र मण्डलाको प्रदर्शनी गरिएको थियो । मण्डलाको सँस्कृती पर्यटन तथा नागरिक उडडन मन्त्री किराँतीले उद्घाटन गरे । यस्तै कार्यक्रम लगतै विभिन्न जातीय परिकारहरु अतिथि र सहभागीहरुलाई चखाइएको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ८ : ५१ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर