२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

तुइन खोलामा पुल निर्माण गर्न बिस्फोटको तयारी



चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला (तीन नम्बर) पुल भएको ठाउँमा नयाँ पुल बनाउन बिस्फोट गर्ने तयारी गरिएको छ । भित्तोतर्फ पुल बनाउननका लागि डाँडा भत्काउनुपर्ने भएकाले बिस्फोट गर्न लागिएको हो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार तुइन खोलाको पुल बनाउनका लागि ढिस्को पूरै भत्काउन नसकिएपछि बिस्फोट गर्न लागिएको हो । पुलको मुग्लिनतर्फको झण्डै ६० मिटर अग्लो पहाडमध्ये २५ मिटर भत्काइएको छ । बाँकी ३५ मिटरका लागि लाई बिस्फोट गर्न लागिएको छ ।

यसअघि गएको हिउँदमा सडक रोकेर दुई वटा पुल बनाउन ढिस्को भत्काउन थालिएको थियो । सँगै भत्काउन थालिएको चिसेन्जी खोलाको आडको ढिस्को भत्काएर पुलसमेत निर्माण गरिसकिएको छ । यो ठाउँमा ४० मिटर अग्लो ढिस्को भत्काएर पुल बनाइएको छ ।

प्रक्रियागत काम पूरा गर्न समय लागेकाले गत हिउँदमै बिस्फोट गर्ने गृहकार्य गरिए पनि काममा ढिलाइ भएको थियो । उनका अनुसार ढिस्को भत्काउनका लागि बिस्फोटक पदार्थ ल्याउन अनुमति पाइसकिएको छ । आयोजनाले विभाग हुँदै गृह मन्त्रालय, रक्षा मन्त्रालय र पुनःगृहमन्त्रालय भएर अन्तिम अनुमति भारतीय राजदूतावासबाट पाएको सूचना अधिकारी आचार्यको भनाइ थियो । यससँगै बिस्फोटक पदार्थ ल्याएर राख्न नेपाली सेनासँग रहेको बङ्कर मर्मत गर्ने तयारी गरिएको छ । दश टन बिस्फोटक पदार्थ झिकाउन लागिएको उनले जानकारी दिए ।

दुई महिनाभित्रमा बिस्फोटक पदार्थ झिकाएर अर्को दुई महिनामा बिस्फोट गरी डाँडा भत्काउने तयारी छ । सूचना अधिकारी आचार्यले भने, “हाम्रो योजनाअनुसार काम भएमा आगामी असारसम्ममा पुल बनिसक्छ ।” यो खण्डमा पर्ने १९ पुलमध्ये चार वटा पुल सन् २०२० मा निर्माण गरिएको थियो । बाँकी १५ पुलसँगसँगै निर्माण थालिएको हो । तीमध्ये पाँच वटा पुल निर्माण भएर गाडी चलाउन थालिएको छ । खहरे खोलाको पुल मुआब्जाका कारण रोकिएको थियो । मुआब्जा दिइ ठाउँ खाली गरेर काम थालेसँगै निर्माणको काम ५० प्रतिशत सकिएको छ । बाँकी नौ वटा पुलमध्ये एउटाको भित्तो भत्काउनुपर्ने भएकाले काम थालिएको छैन भने बाँकी आठ वटाको काम दुई महिनाभित्रमा सम्पन्न हुने उनले जानकारी दिए । अधिकांश पुलमा पहुँचमार्गको काम भइरहेको छ ।

विसं २०७६ चैत १० गतेदेखि पुलको निर्माण थालिएको थियो । पुलको लागत रु एक अर्ब २८ करोड रहेको छ । पछिल्लो पटक थप गरिएको म्याद यही पुस १० गते सकिँदैछ । यो राजमार्गलाई एशियन विकास बैंक ९एडिबी० को सहयोगमा एशियाली मापदण्डअनुसार एघार मिटर चौडा पुल बनाइएको छ ।सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ । राजधानी बाहिरिने र भित्रने प्रमुख सडकका रुपमा यो सडक रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  २ : १४ बजे

प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी

बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही

समस्याग्रस्त घोषित सहकारीको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचना

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज

दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध

शक्तिपीठमा सराँय खेल्नेको भीड, बसाइँ सरेका पनि केही दिन थातथलोमा फर्किए

गुल्मी । बडादसैँको एकादशीदेखि पूर्णिमासम्म नाचिने ऐतिहासिक सराँय नाचले गुल्मीका