२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन आजबाट बुटवलमा सुरु



बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन बुटवलमा आजबाट सुरु हुने भएको छ । बुटवल रामनगरमा रहेको बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा हुने प्रदेश सम्मेलनले देशभर नयाँ सन्देश प्रवाह गर्नेगरी तयारी गरिएको कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए । प्रदेश सम्मेलनमा पार्टीको काम कारबाहीका साथै संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको बारेमा व्यापक छलफल गरिने छ ।

सम्मेलनलाई पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्य, प्रदेश सभापति लगायतले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको पुनले जानकारी दिए ।

दुइदिन सम्म चल्ने सम्मेलनमा प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रका प्रदेश महाधिवेशन प्रतिनीधि, प्रदेश क्षेत्रीय सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति, भातृ तथा सुभेच्छुक संस्थाका प्रमुख, प्रदेश समितिका पदाधिकारी सदस्य तथा सल्लाहकार, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारी समेत गरेर ७ सय ५० बढी सम्मेलनमा सहभागी हुनेछन् ।

सम्मेलनको उद्घाटनमा पार्टीका नेता कार्यकर्ता समेत गरी करिब १० हजार नेता कार्यकर्ताको सहभागिता हुने कांग्रेसको दाबी छ ।

उद्घाटन सत्रपछि राजनीतिक प्रतिवेद , सागठानिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेस हुनेछन् ती प्रतिवेदनमाथि प्रतितिधीहरुको छलफलपछि पार्टी आगामी कार्य दिशा तय गर्ने प्रदेश कोषाध्यक्ष प्रकाश रानाले जानकारी दिए ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ७ : ४३ बजे

प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी

बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही

समस्याग्रस्त घोषित सहकारीको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचना

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज

दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध

शक्तिपीठमा सराँय खेल्नेको भीड, बसाइँ सरेका पनि केही दिन थातथलोमा फर्किए

गुल्मी । बडादसैँको एकादशीदेखि पूर्णिमासम्म नाचिने ऐतिहासिक सराँय नाचले गुल्मीका