२३ भदौ २०८१, आइतबार | September 8, 2024

नेकपा एमालेको ‘मध्यपहाडी लोकमार्ग अभियान’ आजबाट सुरु



काठमाडौं । नेकपा एमालेको ‘मध्यपहाडी लोकमार्ग अभियान’ आजबाट सुरु हुदैँछ । बिहान ८ः३० बजे बैतडीको झुलाघाटबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्ने एमालेले जनाएको छ ।

एक हजार ८७९ किलोमिटर लामो लोकमार्गको यात्राको अध्यक्ष ओलीले झुलाघाटमा झण्डोत्तलन गरेपछि अभियानको सुरुआत हुनेछ ।

पहिलो दिनको सभा बैतडीको गोठालापानीमा गर्ने तय भएको छ ।

दोस्रो दिनको सभा सिलगढी, तेस्रो दिनको सभा मंगलसेनमा हुने एमालेले जनाएको छ । अभियान पाँचथरको चिवाभज्याङमा समापन हुनेछ । एमाले पुस २ गते काठमाडौं फर्कनेछ भने पुस ५ गते यात्रा सकिएको घोषणा गर्ने तयारी गरेको छ ।

राष्ट्रिय एकताको आधार निर्माण गर्न अभियान चलाउनु परेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । पहाड समृद्ध नभई मुलुक समृद्ध नहुने भएकाले अभियान चलाउन थालिएको उनको भनाइ छ ।

 

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ६ : ४४ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर