२८ मंसिर २०८२, आइतबार | December 14, 2025

कोरोना संक्रमणबाट वीरगन्जका एक पुरुषको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ४३ पुग्यो



वीरगन्ज । कोरोना भाइरसको संक्रमणका कारण वीरगन्जमा एक जना व्यक्तिको मृत्यु भएको छ ।

वीरगन्जको माईस्थान वीरगञ्ज–६ माईस्थान बस्ने ७० वर्षीय श्याम नारायण वर्णवालको उपचारको क्रममा गण्डक अस्पतालमा मृत्यु भएको हो ।

स्वास्थ्यमा गम्भीर समस्या आएपछि उपचारका लागि एडभान्स अस्पतालमा भर्ना गरिएका ती व्यक्तिको स्वास्थ्यमा कोरोनाको शंकास्पद लक्षण देखिएको थियो ।

त्यसपछि उनलाई गत मंगलबार कोभिड अस्पतालको रुपमा रहेको गण्डक अस्पताल पुर्याइएको थियो । तर, सोही साँझ उनको मृत्यु भएको हो ।

मृत्यु पछि गरिएको पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ देखिएको थियो । वर्णवालको कुनै ट्राभल हिस्ट्री नभएको अस्पतालले जनाएको छ ।

यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ४३ जनाको मृत्यु भएको छ । जसमध्ये ४२ जना नेपाली नागरिक र १ जना चिनियाँ नागरिक रहेका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ८ : ४३ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%