१० मंसिर २०८१, सोमबार | November 25, 2024

चिसोका कारण थप एक भूकम्पपीडितको मृत्यु



जाजरकोट । अत्यधिक चिसोका कारण नलगाड नगरपालिका–८ टापुकी ७० बर्षीया विष्णुकमारी खत्रीको मृत्यु भएको छ ।
भूकम्पमा परी घाइते भइ स्थानीय मेडिकलमा उपचार गराइरहेकी खत्रीको आज विहान मृत्यु भएको हो । उनी हाल त्रिपालको साहरामा बस्दै आएकी थिइन् । आज विहान खत्रीलाई स्थानीय मेडिकलबाट थप उपचारका लागि अस्पताल लैजाने तयारी गर्दैगर्दा मृत्यु भएको वडा अध्यक्ष तेजबहादुर सिंहले जानकारी दिए ।
यसअघि चिसोका कारण शनिबार तीन जनाको ज्यान गएको थियो । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको थियो।
त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ । यसअघि गत साता नलगाड भेरी र बारेकोटमा गरी चिसोका कारण चारजना दीर्घरोगीको ज्यान गएको थियो । चिसोका कारण पछिल्ले एक सातामा सात जना वृद्धवृद्धाको ज्यान गइसकेको छ ।
गत कात्तिक १७ गते राति जाजरकोटमा केन्द्रविन्दु भइ गएको भूकम्पमा परी ठूलो धनजनको क्षति भएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ९ : ३६ बजे

एनपीएलको ट्रफी सार्वजनिक

काठमाडौं । आगामी १५ गतेदेखि सुरु हुन गइरहेको नेपाल प्रिमियर

आठ जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका आठ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बोडियासँग सभामुख घिमिरेको जोड

कम्बोडिया । पाँच दिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले

धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी

काठमाडौं । सशुल्क सञ्चालनमा आए पछि धरहराले पहिलो दिन १

वायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना

नयाँदिल्ली । दिल्ली ट्राफिक पुलिस लगातार प्रदूषण नियन्त्रण गर्न काम