९ मंसिर २०८१, आइतबार | November 24, 2024

लागू औषधसहित ८ जना पक्राउ



काठमाडौ‌ । देशका विभिन्न स्थानबाट लागूऔषधसहित ८ जना पक्राउ परेका छन् ।

काठमाडौंको महानगरपालिका १४ बल्खुस्थित हाम्रो स्टाफ भोजनालय एण्ड खाजा घरबाट नियन्त्रित लागूऔषध डाईजेपाम, फेनारगन, नुर्फिन लेखिएको जम्मा ६ सय एम्पुल, चक्कु २ थान, विभिन्न कम्पनीका मोबाइल ३ थान र नगद ५७ हजार ६ सय रूपैयाँसहित पर्सा हरिहरपुर गाउँपालिका ११ घर भई हाल काठमाडौं बल्खु डेरा गरी बस्ने ७० वर्षीय राम चन्द्र चमार समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

सुनसरीको दुहबी नगरपालिका(८ कदमगाछी चोकबाट अवैध लागूऔषध गाँजा करिब ३१ केजीसहित धनकुटा सहिद भूमि गाउँपालिका ७ बस्ने २१ वर्षीय अनिश तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा प्रदेश १०२०४२ प ३७५४ नम्बरको मोटरसाइकल र को१ ह ८४७८ नम्बरको सिटी सफारी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ४ जना घाइतेलाई उपचारको लागि दुहबी जिबन ज्योति हस्पिटल पठाई दुवै सवारी साधन नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा मोटरसाइकल चालक अनिश तामाङको साथमा रहेको झोलाबाट उक्त परिमाणको गाँजा फेला परेको हो । साथै हाल फरार मोटरसाइकलमा सवार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका ६ बैशाखाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम ६५ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली घोडाघोडी नगरपालिका(१० बस्ने २६ वर्षीय सुवर्ण कुमार बोहरा र कञ्चनपुर भिमदत्त नगरपालिका १८ बस्ने २३ वर्षीय अनिल श्रीपाली रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले शंकास्पद रूपमा हिँडडुल गरी राखेको अवस्थामा फेला पारी जाँच गर्ने क्रममा सुवर्ण कुमारले आफूसँग लुकाइ राखेको प्लास्टिकको पोका खादा बेहोस भएकोमा तत्काल उपचारको लागि निसर्ग अस्पताल धनगढीमा लगि खाएको प्लास्टिकको पोका निकाली तौल गर्दा उक्त परिमाणको पदार्थ बरामद भएको हो ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ५ : २३ बजे

प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले दिए राजीनामा

काठमाडौँ । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन्।

पदम राईको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति : माओवादी, पेरिसडाँडामा अन्तिम श्रद्धान्जली

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीका केन्द्रीय सदस्य पदमबहादुर राईको

तोलामै एक लाख ६७ हजार नाघ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको भाउ लगातार ६ दिनदेखी बढेको

सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट

काठमाडौँ । पाँचदिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले संसदीय

पोखरा-मुग्लिन सडक निर्माण कछुवा गतिमा

गण्डकी । पोखरा-मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा-जामुने) खण्डमा हालसम्म जम्मा