१५ असार २०८१, शनिबार | June 29, 2024

दुर्गा मूर्ति बिसर्जन गर्दा बेपत्ता युवकको शव फेला



लुम्बिनी । दुर्गा मूर्ति बिसर्जनका क्रममा नदीमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ । रुपन्देहीको मर्चवारमा गत मङ्गलबार दुर्गा मूर्ति बिसर्जन गर्न गएका तीनमध्ये दुई जनाको ज्यान गएको थियो भने एकजना बेपत्ता भएका थिए ।

रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर १ र ५ को सिमानामा रहेको तिनाउ र दानव नदी सीमाको मुहानमा डुबेर कोटहीमाई– १ का २० वर्षीय युवा सन्तकुमार राजभर बेपत्ता भएका थिए । राजभरको शव आज भेटिएको हो । सो दुर्घटनामा परेर स्थानिय २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभरको मृत्यु भएको थियो ।

सो स्थानका स्थानीयले स्थापना गरेको दुर्गा मूर्ति बिसर्जन गर्न बडादसैँका दिन ती युवा सो नदी किनारमा पुगेका थिए ।खोजीका क्रममा आज अपरान्ह घटनास्थलबाट केही तल तैरिएको अवस्था शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक राजेश बस्नेतले जानकारी दिए । रासस

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहिबार  ३ : २१ बजे

‘कृषि सम्मानित पेसा हो, पछिल्लो पुस्तालाई माटोको महत्व बुझाउनुपर्छ

काठमाडौं । अभिनेता राजेश हमालले कृषि सम्मानित पेसा भएकाले नयाँ

‘रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्ड’ पत्रकार रिसाललाई

काठमाडौं । रु एक लाख पुरस्कार राशीको ‘रोटरी लाइफ टाइम

देउवा र ओलीबीच बालकोटमा अर्थपूर्ण भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका

बर्दियामा चितुवा नियन्त्रणमा लिइयो

बर्दिया । बर्दियाको गुलरिया नगपालिका–१ स्थित शङ्कर बस्तीमा घरपालुवा जनावर

टी-२० विश्वकपको फाइनल : भारतले टस जितेर पहिला ब्याटिंग गर्दै

काठमाडौं । भारतले टी-२० विश्वकपको फाइनलमा टस जितेर पहिला ब्याटिंग