१२ असार २०८१, बुधबार | June 27, 2024

कडा सुरक्षाकाबीच बाँकेमा दुर्गा भवानीको मूर्ति शान्तिपूर्ण रुपमा विसर्जन



नेपालगन्ज । नेपालगन्ज लगायत बाँकेका विभिन्न स्थानमा स्थापना गरिएका दुर्गा भवानीको मूर्तिको आज विधिवतरुपमा विसर्जन गरिएको छ ।

नेपालगन्जसहित बाँकेका बिभिन्न स्थानमा घटस्थापनको दिमा स्थापना गरिएको ७ सय बढी भवानीको मूर्ति बाँकेका सिधनिया, अगैया, मानखोलालगायतका घाटमा लगेर विसर्जन गरिएको हो ।

१० दिनसम्म पूजाआजा गरी नेपालगन्जमा राखिएको मूर्तिलाई आज बुधबार नगरको विभिन्न भागको परिक्रमा गराई राप्ती नदीमा विसर्जन गरिएको हो ।

मूर्तिलाई बाँकेका विभिन्न नदी किनारमा लगेर विधिवत पूजा गरेर विसर्जन गरिएको थियो । विसर्जनका लागि ठुलो संख्यामा भक्तजनको घाटसम्म पुगेका थिए।

नवदुर्गा भवानीको १० दिनसम्म चलेको पूजामा हिन्दु, मुस्लिम, सिख, इसाईलगायतका धर्मावलम्बीहरुले एकापसमा शुभकामना साटासाट गर्नुका साथै पर्वमा सामाजिक सद्भाव र भाईचारा कायम राख्न समाजका अगुवाले स्थानीय स्तरमा समन्वय र सहकार्य गरेका थिए ।

मूर्ति विसर्जनलाई मर्यादित र शान्तिपूर्ण बनाउन बाँके प्रशासनले ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको थियो । आज दिनभर जिल्लामा मदिरा निषेध गर्नुका साथै घुसपैठबाट र्यालीलाई जोगाउन जमुनाहा नाका समेत सील गरिएको थियो ।

ट्रक, ट्याक्टर र पिकअप भ्यानमा राखेर दुर्गा मूर्ति सेलाउन लैजाने क्रममा केही समय नेपालगन्जको ट्राफिक अस्तब्यस्त हुन पुगेको थियो ।

कुनै अप्रिय घटना हुन नदिन उच्च सतर्कता अप्नाइएको र सबै बाँकेबासीले संयमता र सदभाव प्रदर्शन गरेकाले शान्तिपूर्णरुपमा मूर्ति विसर्जन कार्य सम्पन्न भएको बाँके प्रहरी प्रवक्ता डीएसपी नाराण डाँगीले बताए । केहि दिनअघि भएको झडपको घटनाबाट पाठ सिकेर प्रशासनले ठूलो संख्यामा सादा पोशाकमा प्रहरी परिचालन गरिनुका साथै सदरलाइन, त्रिभुवन चोक, त्रिवेणी मोड, फुल्टेक्रारोड, घरबारी टोल, विपि चोक लगायतका घरका छतमा समेत सुरक्षाकर्मी तैनाथ गराएको थियो ।

मूर्ति विसर्जनका क्रममा आयोजना गरिएका र्यालीमा अपराधिक ब्यक्तिको घुसपैठ हुन नदिन प्रहरीले नगरका विभिन्न भागमा ड्रोनमार्फत निगरानी गरेको समेत प्रहरीले जनाएको छ । सुरक्षास्थितिको बारेमा बुझ्न प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, बाँकेका प्रहरी प्रमुख सुभाष चन्द बोहरा, जिल्लास्थित नेपाली सेना प्रमुख, सशस्त्र प्रहरी प्रमुख समेत र्यालीमा खटिएका छन् । उनीहरु त्रिभुवन चोक, त्रिवेणीमोड, राप्ती रोडमा आफै खटिएको प्रहरी प्रवक्ता डिएसपी डाँगीले बताए ।

 

 

 

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ८ : ०९ बजे

बाल मन्दिर जग्गा हिनामिना प्रकरणः २० जनालार्ई पक्राउ पुर्जी जारी भएकोमा तीन जना पक्राउ

काठमाडौं । नेपाल बाल सङ्गठनको नक्सालस्थित करिब २९ रोपनी जग्गा

बुटवलको पाल्पारोडबाट लागु औषध खैरो हिरोइन सहित २ जना पक्राउ

बुटवल । बुटवलको पाल्पारोडबाट लागु औषध खैरो हिरोइन सहित २

विपदमा परी १४ जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौं । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ४४ वटा विपद्जन्य

पाकिस्तानी दूतावासबाट निबन्ध लेखन र भाषण प्रतियोगिताका प्रतियोगीलाई पुरस्कार वितरण

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले निवन्ध लेखन र भाषण प्रतियोगिताका

ग्लोबल आइएमई बैंकले ओपेक फण्डबाट २५ मिलियन डलर ऋण लिँदै

काठमाडौ । ओपेक फण्डले ग्लोबल आइएमई बैंकलाई २५ मिलियन डलर