४ बैशाख २०८२, बिहिबार | April 17, 2025

यसरी मनाए कलाकारले दशैँ



काठमाडौं । विजया दशमी कलाकारले धुमधामले मनाएका छन् । अभिभाबकबाट बडादशैँको टीका ग्रहण गरिएका तस्वीरहरु कलाकारहरुले सामाजिक सञ्जालमार्फत सार्वजनिक पनि गरेका छन् ।

हास्य कलाकार हरिवंश आचार्यले पत्नी, छोरा र बुहारीलाई टीका लर्गादिए । उनले सामाजिक सञ्जालमार्फत टीकाको तस्बीर सार्वजनिक गर्दै आपसी सद्भाव बढाउने पर्वको रूपमा वडादशैँलाई लिइएको बताए । दशैँ लगत्तै ‘महाजात्रा’ को छायाङ्कनमा जानुपर्ने भएकाले पनि दशैँलाई आफन्तसँगको भेटघाटको रुपमा मनाईरहेको उनले जानकारी दिए ।

यसैगरी अभिनेता अनमोल केसीले पिता तथा अभिनेता भुवन केसीको हातबाट टीका र जमरा लगाएका छन । सपरिवार टीका ग्रहण गरेको जानकारी गराउदै उनले दशैँ लगत्तै ‘फर्की फर्की’ नामक चलचित्रमा काम गर्ने बताए ।

यो दशैँ अभिनेता तथा मोडल पल शाहका लागि पनि महत्वको भएको छ । उनले अघिल्लो वर्ष टीका लगाउन नपाइएका कारण यो वर्षको दशैँ परिवारसँग बसेर मनाइरहेको बताए ।

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, अभिनेता तथा निर्देशक निर्मल शर्मा, अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता जितु नेपालले पनि आफ्ना मान्यजनबाट टीका ग्रहण गरेका छन । अभिनेत्री वर्षा राउतले पनि आफ्ना पति तथा अभिनेता सन्जोग कोइरालासँग सिन्धुली पुगेर टीका ग्रहण गरेका छन ।

यस्तै आमाबाट टीका र जमरा ग्रहण गरेका हास्य कलाकार शिवशङ्कर रिजालले भने, “तराई गएर अन्य मान्यजनबाट पनि टीका ग्रहण गर्नेछु । मेरो दशैँ तराई र काठमाडौंमा बराबर हुँदै आएको छ ।” यसैगरी अभिनेता सलिनमान बनियाँ, अभिनेत्री स्वेता खड्का र ऋचा शर्मा, अभिनेता रवीन्द्रसिंह बानियाँले पनि आफ्ना मान्यजनबाट टीका ग्रहण गरेका छन ।

अभिनेता खगेन्द्र लामिछानेले आफूद्वारा निर्मित तथा लिखित चलचित्र ‘पशुपति प्रसाद-२ : भष्मे डन’ प्रदर्शनरत रहेकाले काठमाडौं उपत्यकाको विभिन्न चलचित्र भवनमा पुगेर दर्शक भेट्ने जानकारी दिए । “यो पटक स्याङ्जास्थिचत घर जान नपाए पनि दर्शकसँग साक्षात्कार गर्दै दशैँ मनाईरहेको छु”, उनले भने ।
दशैँलाई एकता, भ्रातृत्व र प्रेमको रूपमा लिइने गरिएका कारण सबै आफन्तजन एकै स्थानमा भेला भएर टीका लगाउने गरिएको कलाकारहरूले जानकारी गराए ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ८ : ११ बजे

बुटवलको कालिकानगरमा रहेको इएल डोराडो एभिन्यूले तेस्रो वार्षिकोत्सवको अवसरमा ३ दिने विविध कार्यक्रम मनाउने

बुटवल । बुटवल-११ कालिकानगस्थित इएल डोराडो एभिन्यूको स्थापनाको तेस्रो वार्षिकोत्सवको

प्रहरीका ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ६ जना डीआईजीहरुलाई अतिरिक्त महानिरिक्षक (एआईजी)मा

छिमेकी देशहरूसँग साझा भविष्यको समुदाय निर्माण गर्न सी जिनपिङको आह्वान

चिनियाँ राष्ट्रपति सी जिनपिङले छिमेकी देशहरूसँग साझा भविष्यको समुदाय निर्माण

नेप्से परिसूचक २६ अङ्कले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज  (नेप्से) परिसूचक २६ दशमलव ४९

राप्रपाले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने