४ बैशाख २०८२, बिहिबार | April 17, 2025

अमेरिका गए सशस्त्रका महानिरीक्षक र नेपाल प्रहरीका निमित्त महानिरीक्षक



काठमाडौं । सशस्त्र प्रहरीका महानिरीक्षक र नेपाल प्रहीका निमित्त प्रहरी महानिरीक्षकसहितको टोली अमेरिका प्रस्थान गरेको छ ।

अमेरिकाको क्यालिफोर्नियामा यही असोज २७ देखि ३० गतेसम्म सञ्चालन हुने प्रहरी प्रमुखको अन्तर्राष्ट्रिय सङ्घको सम्मेलनमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहित सशस्त्र प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदीसमेत त्यसतर्फ गएका हुन् । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हालेका छन् ।

यस्तै निमित्त प्रहरी महानिरीक्ष, प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको तीन सदस्यीय टोली पनि सोही कार्यक्रममा भाग लिन मङ्गलबार मित्रराष्ट्र संयुक्त राज्य अमेरिका गएका छन् । उक्त टोलीमा उनका साथमा प्रहरी नायब महानिरीक्षकद्वय दुर्गा सिंह र केदार ढकाल छन् ।

सम्मेलनमा इन्टरपोल र अन्तर्राष्ट्रिय पुलिस सम्बन्धका भावी योजना, समुदाय–प्रहरी साझेदारी अवधारणाअनुरूप मानव बेचबिखनका पीडितको सशक्तीकरण र विश्वास अभिवृद्धिलगायत विविध विषयमा छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हालेका छन् ।

यसअघि यही असोज २० गते प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतसहित चार सदस्यीय टोली संयुक्त अधिराज्य बेलायत प्रस्थान गरेको थियो । बेलायत सरकारको निमन्त्रणामा यही असोज २२ देखि २६ गतेसम्म आयोजना हुने सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत कार्यक्रममा सहभागी हुन उनीहरू गएका हुन् ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ९ : ४४ बजे

छिमेकी देशहरूसँग साझा भविष्यको समुदाय निर्माण गर्न सी जिनपिङको आह्वान

चिनियाँ राष्ट्रपति सी जिनपिङले छिमेकी देशहरूसँग साझा भविष्यको समुदाय निर्माण

नेप्से परिसूचक २६ अङ्कले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज  (नेप्से) परिसूचक २६ दशमलव ४९

राप्रपाले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने

शिक्षकको प्रदर्शनले सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित

पाल्पा ।शिक्षकको प्रदर्शनका कारण पाल्पाका सामुदायिक विद्यालयमा भर्ना अभियान पूर्ण

कोरलामा व्यापारिक चहलपहल : नाकामा न शौचालय न खानेपानी

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित दशगजा क्षेत्रको नेपाली भूमिमा करिब