१२ मंसिर २०८१, बुधबार | November 28, 2024

समुद्रमा आणविक फोहोर पानीः जापानी सामुन्द्रिक खाधन्न आयातमा धेरै देशमा प्रतिबन्ध



टोकियो। स्थानीय मछुवाहरू र अन्य देशहरूको बढ्दो विरोधको बाबजुद जापानले बिहीबार आफ्नो आणविक-दूषित फोहोर पानी छोड्ने दोस्रो चरण सुरु गरे पछि तनाव सुरू भएको छ ।

टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को) का अनुसार अफुकुसिमा दाइची आणविक ऊर्जा केन्द्रबाट प्रशान्त महासागरमा स्थानीय समय अनुसार बिहान करिब १०ः३० बजे निस्कासन सुरु गरेको हो । जापानको आणविक प्रदूषित फोहोर पानी निकासीको नकारात्मक प्रभाव फैलिने क्रम जारी छ।

सेप्टेम्बर ११ मा समाप्त भएको पहिलो डिस्चार्ज अनुसार लगभग ७८०० टन रेडियोधर्मी फोहोर पानीको डिस्चार्ज गर्न १७ दिनको योजना बनाएको थियो । यो रिलीज कम्तिमा ३० वर्षसम्म जारी रहनेछ।

डिस्चार्जको पहिलो चरण पछि चीन र दक्षिण कोरियाले सबै जापानी जलीय उत्पादनहरूको आयात प्रतिबन्ध गरेका छन् । रुसले जापानबाट माछा र अन्य सामुद्रिक खानाको आपूर्तिमा नियन्त्रण कडा गरेको छ ।

थाइल्याण्डले भन्यो कि, रेडियोएक्टिभ सामग्री खोजीका लागि सङ्कलन गरिएका समुद्री खानाको नमूनाहरूको मात्रालाई दोब्बर बनाइने छ, उनीहरूको सुरक्षामा उपभोक्ताहरूको विश्वास बढाउन।

जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयको तथ्यांकमा आधारित मिडिया रिपोर्टका अनुसार सन् २०२३ को पहिलो आधामा अमेरिकाले जापानबाट कृषि र जलजन्य उत्पादनको आयात घटाउने सबैभन्दा ठूलो कदम चालेको थियो।

समग्रमा, विवादास्पद निर्णयले जापान र छिमेकी राष्ट्रहरूको लागि माछापालन र पर्यटन क्षेत्रहरूमा महत्त्वपूर्ण आर्थिक नोक्सान पुर्याएको छ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  १० : ०१ बजे

प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र

म्याग्दी । सेवाग्राही लिन नआएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीमा २७

‘राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान’ सम्पन्न, राष्ट्रपतिद्वारा पुरस्कार प्रदान

काठमाडौं । ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान कार्यक्रम’

स्थानीय प्रतिभाहरुलाई अवसर प्रदान गर्दै द ब्रिटिस कलेजको ‘करिअर फेस्ट– २०२४’ सफलतापूर्वक सम्पन्न

काठमाडौ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेजमा ‘टीबीसी

ग्लोबल आइएमई बैंकद्वारा कोहलपुरमा विधुतीय शवदाह गृह निर्माणलाई २० लाख सहयोग

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले कोहलपुर नगरपालिकामा विधुतीय शवदाह

सदस्यता शुल्क नबुझाए पत्रकार महासंघको चुनावमा भाग लिन नपाइने

नेपालगन्ज । यही मंसिर २८ गते हुने भनिएको नेपाल पत्रकार