२८ मंसिर २०८२, आइतबार | December 14, 2025

टिङ्करमा मोबाइल सुविधा संचालन



काठमाडौं । नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको सुदूरबस्ती टिङ्करमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले मंगलबारदेखि मोबाइल सेवा सञ्चालनमा ल्याएपछि अब सो क्षेत्रका जनताले सहजरुपमा आफ्नै मोबाइलमार्फत टेलिफोन गर्न सक्ने भएका छन् ।

चीनको सिमानासँग जोडिएको दार्चुलाको व्यास गाउँपालिका–१ मा अवस्थित उत्तर पश्चिमी नाका टिङ्करमा नेपाल टेलिकमले भीस्याट प्रविधिमार्फत टुजी प्रविधिको सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । कम्पनीले यसका लागि आवश्यक सामग्री कैलालीको अत्तरिया र दार्चुलाको छाङरुबाट टिंकर पु¥याएको थियो ।

पहिले सो क्षेत्रमा भीस्याट प्रविधिका दुई लाइन टेलिफोन सञ्चालनमा थिए । अब भने टिङ्कर क्षेत्रमा रहेका करिव पाँच सय सेवाग्राहीले आफ्नै मोबाइलबाट कुराकानी गर्न सक्ने छन् । यो बाहेक सो क्षेत्रमा अवस्थित सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी तथा सो क्षेत्रमा आउने पर्यटकसमेत यसबाट लाभान्वित हुनेछन् ।

करिब तीन हजार ७०० मिटरको उचाईमा अवस्थित टिङ्कर भारतसहितको त्रिदेशीय सिमाना जोडिएको स्थान छाङ्रुबाट करिब १२ किलोमिटर र सदरमुकाम खलङ्गाबाट करिब ८० किलोमिटर दुरीमा अवस्थित छ । त्यहाँबाट करिब आठ किलोमिटर हिँडेपछि चीनको सिमानास्थित १ नम्बर पिलर पुग्न सकिन्छ ।

नेपाल टेलिकमले प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानसमेतमा समानरुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै टिङ्करसमेतमा सेवा सञ्चालनमा ल्याएको उनले बताए ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  २ : ४४ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%